News Portal

अध्यादेश जारीले महन्थ ठाकुर र माधव नेपाललाई पार्टी खोल्न सजिलो

ईसगरमाथा संवाददाताकाठमान्डौं, २ भाद्र
२३६ पटक
काठमान्डौं, २ भाद्र

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी छन् । यो घटनाक्रमको विकासले समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र एमाले पार्टीका वलिष्ठ नेता माधव नेपाललाई नया पार्टी खोल्न ढोका खुलेको छ ।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ ।

नेपालको संविधान २०७२ ले राजनीतिक दल संवन्धमा थ्रेस होल्डको ब्यबस्था र संविधानको भावना र मर्म विपरित उक्त अध्यादेश आएको जानकारहरु बताउछन् ।

सरकारले अध्यादेश जारी गरेपछि त्यसको विरोध भएको थियो भने राष्ट्रपतिले विवादित अध्यादेश जारी गर्न नहुने आवाज समेत उठेको थियो । राष्ट्रपति सरकारले सिफारिस गरेपछि प्रक्रिया अनुसार जानुपर्ने निष्कर्षका साथ अध्यादेश जारी गर्ने निर्णयमा पुगेको बताएकी थिइन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरेको छ ।

यो अगाडि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

सरकारले ल्याएको यो अध्यादेशले माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी गठन गर्न सजिलो भएको छ । नेपालको संविधान २०७२ ले राजनीतिक दल संवन्धमा थ्रेस होल्डको ब्यबस्था र संविधानको भावना र मर्म विपरित उक्त अध्यादेश आएको जानिफकारहरु बताउछन् ।

राजनीतिमा कुटनीति र चातुर्यताका धनी बन्दै आएका प्रधानमंत्री देउवाले प्रचण्ड र माधव नेपाल बीच पनि एकतामा भाँजो हाल्न सकिने योजनाका साथ यो अध्यादेश ल्याएको बुझिएको राजनीतिक विश्लेषकहरुको भनाइ छ । यो कुरालाई नजिकबाट बुझेकी राष्टपति विद्यादेवीले अध्यादेश जारी गरेकी हुन् ।

 

प्रतिकृया दिनुहोस्