News Portal

कोरोनाबाट ४२ को मृत्यु, २६१३ जना संक्रमित

ईसगरमाथा संवाददाताकाठमान्डौं, २ भाद्र
१५३ पटक
काठमान्डौं, २ भाद्र

पछिल्लो २४ घण्टामा कोरनाबाट ४२ जनाको मृत्यु भएको छ भने दुई हजार ६ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मंत्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८ सय ३९ आरटी पीसीआर परीक्षणमा सो संख्यामा सङ्क्र्रमण पुष्टि भएको हो ।

त्यसैगरी ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७ सय ९० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो २४ घण्टामा २ हजार १ सय ०४ जना कोरोना सङ्क्रमित निको भएका  स्वास्थ्य मंत्रालयले उल्लेख गरेको छ । यो सँगै १० हजार ३ सय ९६ जनाको मृत्यु भइसकेको स्वास्थ्य मंत्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्