News Portal

फुट्यो जनता समाजवादी पार्टी, महन्थ ठाकुरले जसपा नेपाल (लोकतान्त्रिक) दर्ता गरे

को-को छन् ठाकुरको नयाँ पार्टीमा (नामावलीसहित)

ईसगरमाथा संवाददाताकाठमाडौँ, २ भाद्र
१५८ पटक
काठमाडौँ, २ भाद्र

लामो बिवाद पछि अन्तत जनता समाजवादी पार्टी (जसपा) औपचारीक रुपमा बिभाजन भएको छ । गत साउन ११ मा निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि महन्थ ठाकुरसहितका नेताहरुले नयाँ दल दर्ताको तयारी गरेका थिए ।

पार्टी बिभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा बुधवार नयाँ पार्टी दर्ता गरेको छ । नयाँ पार्टीको नाम जसपा नेपाल (लोकतान्त्रिक) राखिएको छ भने महन्थ ठाकुर अध्यक्षको रुपमा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नेपालको संविधान धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेपछि एमाले र जसपा विभाजनका लागि बाटो खुलेको हो ।

यस्तै जसपा नेपाल (लोकतान्त्रिक) को चुनाव चिह्न साइकल राखिएको छ । नेता ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी सहित नेता तथा कार्यकर्ताहरु निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन् । नयाँ पार्टीमा १२ सांसद सहित २४ सदस्यीय केन्द्रीय समिति छ ।

यादव समूहले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन दिएका छन् भने ठाकुर समूहले केपी ओली नेतृत्वको सरकारलाई समर्थन दिएका थिए ।

प्रतिकृया दिनुहोस्