News Portal

फुट्यो एमाले, माधव नेपालले दर्ता गराए एमाले समाजवादी पार्टी

को को छन् ९५ केन्द्रीय सदस्यमा ? (नामावली सहित)

ईसगरमाथा संवाददाताकाठमाण्डौ, २ भदौ
१७२ पटक
काठमाण्डौ, २ भदौ

एमाले भित्रको लामो बिवाद पछि अन्ततः एमाले औपचारीक रुपमा बिभाजन भएको छ । आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहेको सरकार ढालेर बिपक्षि पार्टीलाई सरकारमा पु¥याउन सफल माधव नेपाल समूहले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ ।

९५ केन्द्रीय सदस्य सहितको उक्त पार्टीमा ५८ जना सदस्यहरु एमालेका तर्फबाट छन् भने बाँकी थप सदस्यहरु छन् । नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन् ।

नयाँ पार्टीमा संघीय संसदका ३१ सांसद समेत रहेको बताइएको छ उक्त नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ । अध्यक्ष र वरिष्ठ नेताबाहेक बाँकी सबै केन्द्रीय समिति सदस्यको भूमिका रहेका छन् ।

पार्टीमा युवराज ज्ञवाली, राजेन्द्र पाण्डे, विरोध खतिवडा, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी र जीवनराम श्रेष्ठ लगायत नेताहरु छन् ।

नेपालसँग सुरुदेखि सँगै रहेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताहरु भने अझै खुलेका छैनन् ।

प्रतिकृया दिनुहोस्