News Portal

डोरमणिको राजिनामा पछि बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

ईसगरमाथा संवाददाताकाठमाडौं, २ भाद्र
१३९ पटक
काठमाडौं, २ भाद्र

बागमती प्रदेशमा मुख्यमन्त्रीमा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै शाक्य मुख्य मन्त्री बनेकी हुन् ।

नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि पौडेलले बुधबार संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । पौडेलको राजीनामापछि शाक्यले सरकारको नेतृत्व गर्ने अवसर पाएकी हुन् । शाक्यलाई लाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् ।

यसअघि पौडेलले दलको नेताबाट राजीनामा गरेसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो ।

यसै बिच बागमती प्रदेशको बहुमतप्राप्त दलको नेताको हैसियतमा नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूसहित ३ सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् ।

जसमा कृष्ण खनाल सामाजिक विकास मन्त्री, केशवराज पाण्डे आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्री रहेका छन् । मुख्य मन्त्री शाक्यले ४ मन्त्रालय आफूसँगै राखेकी छिन् । फाईल फोटो ।

प्रतिकृया दिनुहोस्