News Portal

प्रहरीद्वारा पर्वत जिल्ला अस्पताललाई दियो २६ थान अक्सिजन सिलिण्डर

ईसगरमाथा संवाददातापर्वत, २८ बैशाख
३१ पटक
पर्वत, २८ बैशाख

विश्वव्यापी रुपमा फैलीरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण नेपाल भर तिब्र रुपमा बढिरहेको र पर्वत जिल्लामा समेत तिव्र रुपमा बढिरहेको अवस्थालाई बिचार गर्दै पर्वत प्रहरी पनि अक्सिजन सिलिण्डर संकलन गरेको छ ।

पर्वत जिल्ला अस्पतालमा विरामीको चाप बढ्न सक्ने हुँदा उपचारार्थ विरामीहरुलाई सहज तरिकाले उपचार गर्नको लागि विभिन्न संघ संस्थाहरुबाट संकलन गरिएका ११ वटा भरी र १५ वटा खालि सिलिण्डर गरी जम्मा २६ वटा अक्सिजन सिलिण्डरहरु अस्पताललाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कार्यालयका अनुुसार श्री यति धौलागिरी हाडवयर्सवाट खालि १० र भरी ६ गरि १० वटा, दि क्लिफ नेपाल(बन्जी)वाट भरी २ वटा, सुग्रित ईञ्जिनियरिङ वर्क सपवाट खालि २ र भरी २ गरि ४ बटा, श्रीकृष्ण फर्निचर एण्ड ग्रिल उद्योगवाटखालि १ वटा, कालिका वर्कसपवाट खालि २ र भरि १ गरि ३ वटा प्राप्त भएको थियो ।

प्रतिकृया दिनुहोस्