News Portal

अफगानिस्तानबाट २८८ नेपाली नेपाल आए,अन्यको उद्धार हुँदै

ईसगरमाथा संवाददाताकाठमाडौं, ३ भाद्र
८५ पटक
काठमाडौं, ३ भाद्र

रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको उद्धार पछि २८८ जना नेपाली नेपाल आएका छन् । उद्धारका क्रममा नेपाल सरकारले अफगानिस्तानमा अप्ठयारोमा परेका अन्य नेपालीलाई पनि छिटोभन्दा छिटो उद्धार गरिने बताएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वय गरिरहेको र हालसम्म २८८ जनाको उद्धार गरी सफलतापुर्वक काठमाडौं ल्याइएको बताउदै थपको उद्धारमा मन्त्रालय लागिरहेको बताए ।

उद्धार गरिएका उनीहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ । उनीहरूलाई स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्