News Portal

नाइजेरियाको हमलामा ३७ नागरिकको मृत्यु, अन्य धेरै घाईते

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ३ भाद्र
७२ पटक
काठमाण्डौ, ३ भाद्र

पश्चिमी देश नाइजरियाको टिलाबेरी क्षेत्रमा भएको हमलमा कम्तिमा ३७ नागरिकको मृत्यु भएको छ । जसमा १३ बच्चा र ४ महिला रहेको यूनिसेफलाई उद्धृद गर्दै एविपि न्युजले जनाएको छ ।

नाइजरियाकों टिलाबेरी क्षेत्रकोे डेरे–डे गांउमा अज्ञात सशस्त्र समूहले बच्चाहरु र उनको परिवारमाथि हमला गरेका हुन् । यो वर्ष यो गाँउमा तेस्रो हमला हो ।

पश्चिमी देश नाइजरियाको टिलाबेरी क्षेत्रमां सोमवार भएको एक हमलामा कम्तिमा ३७ नागरिकको ज्यान गएको हो । १५ देखि १७ बर्ष उमेरका १३ बच्चाहरु र ४ महिलाको ज्यान गएको युनिसेफले दिएको एक बयानमा उल्लेख छ ।

यूनिसेफले भनेको छ, “हामीलाई यो भन्दा दुख लागिरहेको छ कि १५ देखि १७ वर्षका कलिला बच्चाहरु र ४ महिला समेत गरी ३७ नागरिकको आतंकी हमालामा ज्यान गएको छ भने अन्य धेरै घाईते भएकाछन् । यो क्रुर हमलाबाट प्रभावित पीडित, परिवार र समुदाय प्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं ।“

यूनिसेफले कट्टरपंथिहरुबाट नाइजरका नागरिकहरु, विशेष रूपबाट बच्चाहरुं, महिलाहरुको सुरक्षा र अंतर्राष्ट्रीय मानवीय कानूनको सम्मान गर्न आह्वान गरेको छ । संगठनले भनेको छ कि ‘बच्चाहरुको हत्या मानव अधिकारको घोर उल्लंघन हो ।’

खास गरी टिलबेरी क्षेत्रमा बुर्किना फासो, माली और नाइजीरियाका सीमाहरुमा लगातार हमला भइरहेको छ । हमलावाट हजारौं बच्चाहरु कष्टसाध्य अवस्थामा छन् ।

प्रतिकृया दिनुहोस्