News Portal

अध्यादेश विरुद्ध सर्वोच्चमा रिटहरुको चाङ

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ३ भाद्र
१४९ पटक
काठमाण्डौं, ३ भाद्र

सरकारले हिजो मात्र जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश विरुद्य सर्वोच्च अदालतमा एकपछि अर्को रिट दायर हुने क्रम जारी छ ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार सो अध्यादेश विरुद्ध रिटका चाङ लाउन थालेका छन् । अहिलेसम्ममा ५ वटा रिट निवेदन परेका छन् ।

दाहालका अनुसार रिट दायर गर्नेहरुमा हालसम्म अधिवक्ता शकुन्तला भुसाल श्रीकान्त बराल, अनुप अर्याल, प्रवेश के.सी. छन् । एकदिन अघिसम्म चलिरहेको संसद अधिवेशन अन्त्य गरी छलछामपूर्ण ढंगले भोलिपल्टै अध्यादेश ल्याइएको कारण सो अध्यादेश रोक्न निवेदन माग गरिएको छ ।

यसरी ल्याइएको अध्यादेश सर्वोच्च अदालतको फैसला विपरित हुने समेत रिट निवेदकहरुको भनाई छ । यस अघि यस्तै प्रकृतिको मुद्दामा सर्वोच्चले राजनीतिक उदेश्य पूर्तिका लागि संसद छलेर छद्म ढंगले आएको कानून सम्मत नहुने फैसला प्रतिपादन गरेको छ ।

अरु पनि रिट आउन सक्ने र एउटै इजलासमा पेश गर्नु पर्ने भएकाले अपरान्ह ४ बजेपछि मात्रै दर्ता हुने, त्यसअघि रिट लिने प्रकृया खुल्ला राख्ने प्रवक्ता दाहालले पत्रकारहरुलाई बताए ।

प्रतिकृया दिनुहोस्