News Portal

रसुवामा पहिरोले पुरिएका ३ जनाको शव फेला, एक जना बेपत्ता

ईसगरमाथा संवाददातारसुवा, ३ भाद्र
१५८ पटक
रसुवा, ३ भाद्र

भारि बर्षाका कारण  रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा पहिरो जादा घर पुरिँदा बेपत्ता भएका तीन जना मध्ये दुईको शव फेला परेको छ । बिहीबार बिहानीपख ३ बजेतिर सडक माथिबाट बगेर आएको पहिरोले बुद्धि तामाङको घर पुरिएको थियो ।

सोहि घर पुरिदा बुद्धि तामाङको ३२ वर्षीय श्रीमती कमला तामाङ, ११ वर्षीया छोरी सोकिता तामाङ र ८ वर्षीया छोरी सुकुमाया तामाङको शव फेला परेको छ भने ७ वर्षीया छोरा आसिस अझै बेपत्ता छन् । बेपत्ता भएका आसिसको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

घरबाहिर सुतिरहेका बुद्धि तामाङ भने गम्भीर घाइते भएका छन् । घाईते उनलाई बिहान नुवाकोटको त्रिशूली अस्पतालमा प्रारम्भिक उपचार गरेर काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । बेपत्ता भएका आसिसको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्