News Portal

राजधानीका अपार्टमेण्ट र कोलोनीमा यौन व्यवसाय छ्याप्छ्याप्ती

ईसगरमाथा संवाददाताकाठमाडौं, ३ भाद्र
२३३ पटक
काठमाडौं, ३ भाद्र

काठमाडौं उपत्यकामा यौन व्यवसायीहरुले आफ्नो धन्दा चलाउन ठूला र महँगा अपार्टमेण्टको प्रयोग गर्न थालेका छन् । ललितपुर महानगरपालिका–३, कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई यौन व्यवसाय सञ्चालन गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका–६, कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानीलकण्ठ बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल विष्ट र ललितपुर महानगरपालिका–८, पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३, सानो पोखराकी ४२ वर्षीया गीता खड्गी हुन् ।

प्रहरीले उनीहरुसँगै काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टिना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ बाह्रबिसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका–७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्यलाई पनि यौन व्यवसायमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।

उक्त अपार्टमेन्टमा यौन व्यवसाय सञ्चालन गरेको खबर पाएपछि महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनीहरुलाई अपार्टमेण्टमा क्रियाकलपा गरेकै बखत पक्राउ गरेको हो । सातै जनालाई जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ । –जन आस्थावाट

प्रतिकृया दिनुहोस्