News Portal

आजबाट १८ वर्ष पूरा भएका विद्यार्थीलाई कोरोना खोप, ४० वर्ष माथिकाले पनि पाउने

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ४ भाद्र्र
२०४ पटक
काठमाण्डौं, ४ भाद्र्र

नेपालमा कोरोनाको उच्च संक्रमयालाई मध्यनजर गर्दै नियन्त्रणका लागि सरकार लाग्ने भएको छ । आजदेखि १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइँने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहका विद्यार्थीलाई परीक्षाको प्रवेश पत्र देखाएका आधारमा खोप दिइने बताएका छन् ।

उनीहरुलाई लगाइने खोप चिनियाँ कम्पनीको भेरोसेल नामक भ्याक्सीन पहिलो मात्रा लगाउन लागिएको हो । खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ ।
खोप आज बिहान १० बजेखि साँझ ५ बजेसम्म काठमाडौं महानगरपालिकाका सबै वडाबाट खोप लगाइने छ भने अन्य जिल्लाका स्थानिय तहका सम्पुर्ण स्वास्थ केन्द्रमा कोरोना भाइरसविरुद्धको खोप लगाउने मन्त्रालयले जनाएको छ ।

यस सँगै सूचनामा उल्लेख गरिएअनुसार ४० वर्षभन्दा माथिका सम्पुर्ण उमेर समूहका व्यक्तिलाई पनि आबस्यक खोप लगाईने प्रकासीत सुचनामा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्