News Portal

पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन पक्राउ

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ५ भाद्र
६६ पटक
काठमाण्डौं, ५ भाद्र

मृगौला पीडितलाई सहयोग गर्ने भन्दै चन्दा उठाउने ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की बाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको छ ।

विभिन्न स्थानमा विभिन्न ठाँउका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने क्रममा गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाई वे स्टाफ होटल एण्ड लजबाट तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको विर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत, विर्तामोडका ३२ वर्षीय टेकबहादुर बस्नेत र हल्दीबारीका ४४ वर्षीय धनबहादुर सेञ्चुरी रहेका छन् ।
युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ गरी पोखरामा मिर्गौला पीडितको नाममा सस्थागत रुपमा चन्दा सङ्कलन गर्ने गरेको पाईएकोले उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनिहरुबाट चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा र रु चार लाख छ हजार ४०६ नगदसहित पक्राउ गरिएका छ । उनीहरुले १२ जना बिरामीको नाममा समूह बनाएर १० अटो ट्याम्पो भाडामा लिई बिभिन्न निल्ला कास्की, तनहुँ, स्याङ्जा, दैलेख, सुनसरी, चितवन, नवलपरासी, पाल्पालगायतका जिल्लाबाट चन्दा सङ्कलन गर्दै आएको बताएका छन् ।

पक्राउ परिएका उनिहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्