News Portal

गृहमन्त्री र सचिवले सुराकीको नाममा मनपरि डेढ करोड खर्च गरे

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ५ भाद्र
२३५ पटक
काठमाण्डौ, ५ भाद्र

सुराकीका नाममा तत्कालीन ओली सरकारका गृहमन्त्री रामबहादुर थापा बादल तथा गृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेले करोडौ रुपैयाँ मनपरि ढंगले खर्च गरेका छन् । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक प्रतिवेदनमा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

मन्त्री थापाले ७२ लाख तथा सचिव राई र न्यौपानेले ७६ लाख ५८ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । यससम्बन्धी कुनै कानुन नभएपछि मन्त्रिपरिषद्को एक निर्णयका आधारमा गृहमन्त्रीले दैनिक ५० हजारसम्म तथा गृहसचिवले २० हजारसम्म खर्च गर्दै आएका छन् ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले २०५० जेठ १३ मा शान्तिसुरक्षाका लागि गृहमन्त्रीले एक पटकमा ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । यहि कार्यविधिलाई टेकेर गृहमन्त्री र गृहसचिवले बर्सेनि आसेपासे र कार्यकर्ता पोस्न सुराकी खर्चका नाममा ढुकुटीको दोहन गर्दै आएका हुन् ।

प्रतिवेदनमा २०७२को संबिधान जारीभए यता आर्थिक सहायताको नाममा अन्तर्गत १ अर्ब ४ करोड ३१ लाख ६४ हजार रुपैयाँ कार्यकर्ता, आसेपासे र पहुँचवालालाई मनलाग्दी रकम बाँडेको समेत उल्लेख छ ।

प्रतिकृया दिनुहोस्