News Portal

बागमती प्रदेशमा मापदण्ड विपरीत ६० करोड भन्दा बढीको गाडी खरिद

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ६ भाद्र
१८३ पटक
काठमाण्डौ, ६ भाद्र

बागमती प्रदेश सरकार मातहतको मन्त्रालय र निकायहरुले गत आर्थिक वर्ष ०७६/७७ मा मापदण्ड विपरीत ३३ करोड १४ लाख ४२ हजारको सवारी साधन खरिद गरेको छ । प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मापदण्ड विपरीत सवारीसाधन खरिद गरेको देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा आ.व. ०७५/७६ मा बागमती प्रदेश सरकारका मातहतका निकायहरुले सवारी साधन खरिदमा २६ करोड ४७ लाख ७९ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।

सवारी साधन खरिदसम्बन्धी मार्गदर्शन, २०७४ अनुसार महाशाखा प्रमुख तथा कार्यालय प्रमुखलाई बढीमा ३० लाख रुपैयाँसम्मको सवारी साधन उपलब्ध गराउने व्यवस्था भएपनि बागमती प्रदेश सरकारले उक्त मापदण्डको पालना नगरी सवारी साधन खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । -फाईल फोटो

प्रतिकृया दिनुहोस्