News Portal

वुहानबाट १८७ नेपाली उद्धारमा १३ करोड २८ लाख खर्च

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ७ भाद्र २०७८
२०५ पटक
काठमाण्डौ, ७ भाद्र २०७८

तत्कालिन केपीओली सरकारले कोभिड–१९ बाट प्रभावित चीनको वुहानबाट नेपालीको उद्धारमा क्रममा ठूलो मात्रामा रकम खर्च भएको पुष्टि भएको छ ।

सरकारले २०७६ माघ २७ मा कोभिड– १९ बाट प्रभावित चीनबाट १८७ जनालाई नेपाल फिर्ता ल्याउने क्रममा १३ करोड २८ लाख ४७ हजार खर्च गरेको पाइएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

हवाई उद्धार, बसोवासलगायतको प्रयोजनका लागि विभिन्न निकायबाट ठूलो मात्रामा रकम खर्च भएको प्रतिवेदनमा उल्लखे गरिएको छ । उडान उद्धार तथा स्थानीय यातायातबापत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ४९ लाख ७९ हजार खर्च गरेको थियो ।

त्यस्तै, सहरी विकास मन्त्रालयले खरिपाटीमा क्वारेन्टिन निर्माण, निर्मित क्वारेन्टिनका लागि आवश्यक सामग्री खरिद, क्वारेन्टिन स्थलमा इन्टरनेट र टुथ ब्रस, हिटरड्रायर, स्याम्पु, डायरी, क्वारेन्टिन बेड खरिद तथा निर्माणलगायतको काममा ७ करोड ५६ लाख ९५ हजार खर्च गरको थियो ।

त्यस्तै, नेपाली सेनाले क्वारेन्टिनमा बस्नेका लागि १७ दिनको खानाबापत ५५ लाख र विभिन्न औषधि खरिदबापत ६६ लाख ७१ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । –फाईल फोटो

प्रतिकृया दिनुहोस्