News Portal

पत्रकारकै योजनामा मोटरसाइकलमा लागूऔषध राख्नेहरु कारवाहिमा

ईसगरमाथा संवाददातारौतहट, ७ भदौ २०७८
२२६ पटक
रौतहट, ७ भदौ २०७८

जिल्ला प्रहरी कार्यालय, रौतहटले पत्रकारकै योजनामा आफ्नै २ प्रहरी कर्मचारीद्वारा अर्का निर्दोष पत्रकारलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सह–सचिव सञ्जय शहनीद्वारा २ जना घुमुवा प्रहरी लाई प्रयोग गरी पत्रकार मोहम्मद मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको तथ्य सार्वजानीक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव शहनीकै योजनामा मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएर शहनीलेनै प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएको बताए ।

पत्रकार मोजिबुल्लाह र सहनीबीच व्यवसायिक इबी रहेको कारण सहनीले मोजिबुल्लाहलाई फसाउन खोजेको हाम्रो अनुसन्धानवाट खुल्न आएको एसपी शाहले बताए । प्रहरीका अनुसार पत्रकार सहनीलाई नियन्त्रणमा लिन अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

अनुसन्धान पछि माधवनारायण १ बस्ने वर्ष २४ को घुमुवा प्रहरी धिरज यादव र सर्लाही रामनगर गाउँपालिका वडा नं.१ बहुअर्वा बस्ने वर्ष २३ को जितेश कुमार यादवद्वयलाई पक्राउ गरि अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा पक्राउ गरी ७ दिन म्याद थप गरिएको छ । साथै, उनीहरुलाई गैरव्यवसायिक काम गरेकोमा जागिरवाट निलम्बन गरिएको एसपी शाहले बताए ।

रौतहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । तर हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको रहस्य खुलेपछि अनुसन्धान थालिएको थियो ।

प्रहरीकै संलग्नतामा पत्रकारलाई लागुऔषध कारोबारमा फसाइएको खुलासा

प्रतिकृया दिनुहोस्