News Portal

टुंगियो काँग्रेस क्रियाशील सदस्यता विवाद, तोकिएकै समयमा महाधिवेशन हुने

ईसगरमाथा संवाददाताकाठमाडौं, ८ भाद्र
६५ पटक
काठमाडौं, ८ भाद्र

लामो समय बिबादमा रहेको नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विवाद सोमबार टुङ्गीएको छ । क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउने समस्या समाधान भएसँगै काँग्रेसमा क्रियाशील सदस्यताको बिषय किनारा लागेको छ ।

क्रियाशील छानविन समितिले केही ठाउँ बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर गत साउन १२ गते नै प्रतिवेदन बुझाएको थियो । तर छानविन समितिले बिभिन्न जिल्ला बारा, सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चुलिएको विवाद टुंग्याउने जिम्मा नेतृत्वमा पठाएको थियो ।

विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सहित उच्चस्तरीय समिति बनाइएको थियो । समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रूपमा राखिएका थियो ।

उक्त उच्चस्तरीय समितिलाई क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुङ्ग्याउन म्यान्डेट भएता पनि उक्त समितिले सहमति जुटाउन भने सकेन ।
त्यसपछि देउवा , पौडेल र महत बाहेकका नेताहरूलाई क्रियाशील सदस्यता टुङ्ग्याउने जिम्मेवारी दिइएको थियो । साउन ३१ बाट छलफलमा जुटेका सिटौला, रिजाल र लेखकले क्रियाशील सदस्यता विवादमा सहमति जुटाएका हुन् ।

समितिले सदस्यतामा चुलिएको विवाद समाधान भएसँगै नेताले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बुझाएको छ । देउवाको निजी निवास बूढानीलकण्ठमा उनीहरुले देउवा र पौडेललाई प्रतिवेदन बुझाएका छन् । न्यूनतम आधार तयार पारेर अरू पार्टीहरुबाट काँग्रेसमा प्रवेश गरेकाहरूले पनि अधिवेशनमा भाग लिन पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्