News Portal

सहमतिको भ्रममा नपरी नयाँ पार्टीमा आबद्ध हुन माधव नेपालको अपिल

ईसगरमाथा संवाददाताकाठमाडौँ, ८ भाद्र
१२६ पटक
काठमाडौँ, ८ भाद्र

नेकपा पाटी फुटेपछि नयाँ पार्टी गठनको चरणमा अघि बढेका माधवकुमार नेपालले अब नेकपा एमालेको संस्थापन पक्षसँग वार्ता र सहमतिको सम्भावना सकिएको बताएका छन् । नेता नेपालले सोमबार बोल्दै वार्ता र सहमति को भ्रममा नपरी आफ्नो नयाँ पार्टीमा आबद्ध हुन आफू पक्षधर दोस्रो पुस्ताका नेता तथा सम्पुर्ण कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।

नेता नेपालले उनको फेसबुक वालमा लेखेका छन्– ‘दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सँस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिसकेका सन्दर्भमा पटक–पटकका बेइमानी एवम् धोखेवाजीको स्वरूप नै वार्ता र सहमतिका भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका बताएका छन् ।

यसैबिच नेता नेपालल यस प्रकारका कपटपूर्ण र कपोलकल्पीत समाचारको भ्रममा नपर्न समेत अनुरोध गरेका छन् । पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदाय डटेर लाग्नका लागि आग्रह समेत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्