News Portal

काँग्रेसले सबैभन्दा पहिले तरुणका समस्या समाधान गर्नुपर्छ: शङ्कर भण्डारी

ईसगरमाथा संवाददाताकाठमाडौं ८ भाद्र
१२९ पटक
काठमाडौं ८ भाद्र

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शङ्कर भण्डारीले नेपाली कांग्रेसका थमाम समस्या मद्धे सबैभन्दा पहिले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४औँ महाधिवेशन सफलताका लागि परिचयात्मक बृहत् छलफल कार्यक्रममा विभागका प्रमुख भण्डारीले कांग्रेसले अहिलेसम्म तरुण युवाका समस्या समाधान गर्न नसकेको बताए ।

देशभरका तरुणको ऊर्जाले नै पार्टी बलियो हुने उल्लेख गर्दै उहाँले उनीहरूले बेहोर्दै आएको बेरोजगारीको समस्या समाधान गर्न कांग्रेस नेतृत्वसँग माग गर्दै १४औँ महाधिवेशनमा पार्टीका विभिन्न तह र तप्कामा प्रतिनिधित्व गर्न देशभरका तरणलाई सुझाव दिएका छन् ।

तरुणलाई सक्षम र सबल बनाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि उनीहरू आफैँ लगनशील, अनुशासित, मर्यादित र निडर हुनुपर्ने बताए । तरुणले नै देशमा परिवर्तन गर्नसक्ने उल्लेख गर्दैे आसन्न महाधिवेशनमार्फत वडा, गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रमा बढीभन्दा बढी प्रतिनिधित्व गर्न सुझाव दिए ।

यसैबिच कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले तरुणको विचार पार्टीको कार्यदिशा गर्नुपर्ने बताउदै । प्रतिगामीसित लड्न सक्ने क्षमता तरुणसित मात्र भएको उल्लेख गर्दै कांग्रेसलाई पुरानै उर्जाशील अवस्थामा फर्काउनका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन् ।

युवा तरुण पार्टीको मात्रै नभई मुलुकको सम्पत्ति भएको तर उनीहरूलाई अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी दिन नसकेकामा नेता सङ्ग्रौलाले आपत्ति रहेको बताउदै कांग्रेसको वैचारिक शक्ति तरुण युवा भएकाले उनीहरूलाई क्रियाशील बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा तरुण विभागका सचिव श्याम श्रेष्ठ, विभागमा कार्यरत पासाङ नोर्वु शेर्पा, सुनिलबाबु खाती, सरस्वती शाह, राजेशकुमार शाही, नन्दबहादुर विष्ट, हरिहर काफ्ले, रामशरण घिमिरेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्