News Portal

नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरुको धर्ना

ईसगरमाथा संवाददाताकाठमाडौँ, ८ भाद्र
१३३ पटक
काठमाडौँ, ८ भाद्र

पछिल्लो समय पार्टीको महाधिबेशनका बिषयलाई लिएर बढेको किचलो र तिक्तताका बाबजुत क्रियासिल सदस्यताको बिबाद समाधान जस्तो देखिएता पनि नेपाली काँग्रेसको केन्द्रिय महाधिबेशन भने अन्योलमा नै देखिएको छ ।

यसैबिच वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले काँग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएको भन्दै केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् महाधिबेशनका संघारमा सदस्यताका बारेमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनिहरुको माग छ ।

क्रियासिल सदस्यताको नामावली सूची सार्वजनिक गर्नका लागि भदौ ७ गतेसम्मको समय म्याद भएता पनि उनीहरुले माग सम्बोधन नभएको भन्दै नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन् ।

नेपाली काँग्रेसको नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले आजदेखि साङ्केतिक रुपमा एक घण्टा मात्रै धर्ना दिने बताए । केसीका अनुसार माग सम्बोधन नभए धर्ना जारी रहने र जबसम्म वेबसाइटमा सदस्यता सार्वजनिक गरिँदैन, तबसम्म जिल्ला सभापतिहरुको उम्मेदवारी एकरुपता हुँदैन र सच्याउने मौका समेत पाइँदैन त्यसैले धर्ना कार्यक्रम जारी रहने बताएका छन् ।

प्रतिकृया दिनुहोस्