News Portal

अनैतिक सम्बन्धको आशंकामा बुवा र पत्नीको हत्या

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ८ भाद्र
१०६ पटक
काठमाण्डौं, ८ भाद्र

वैदेशिक रोजगारबाट फर्केका छोराले धनुषामा ससुरा र बुहारीको हत्या गरेको खुलेको छ । मंगलबार बिहान शव एकै साथ गाडिएको अवस्थामा फेला परेको हो ।
हत्या गर्ने मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ स्थित ललिया बस्ने २७ वर्षीय भागेश्वर मण्डलले अनैतिक सम्बन्ध रहेको आशङ्कामा ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्बिकादेवी मण्डलको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको अनुसन्धानमा छोराले नै बुवा र श्रीमतीको हत्या गरेको र दुवै बीचको अनैतिक सम्बन्धको आशङ्का नै रहेको खुलेको छ । उनिहरु बिच अनैतिक सम्बन्ध रहेको आशङ्कामा हत्या गरेको बयान भागेश्वरले दिएको धनुषा प्रहरीले जनाएको छ ।

हत्या गरेर दुबैजनाको शव घर नजिककोै झाडीमा खाल्डो भित्र गाडिएको अवस्थामा फेला परेको धनुषा प्रहरीले जानकारी दिएका छन् । स्थानीयका अनुसार भागेश्वर एक वर्षअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्केका थिए । घर आएको केही दिन नबित्दै बुवा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको र यो विषयलाई लिएर पतीपत्नीबीच पटक पटक विवाद हुँदैगरेकोे स्थानीयवासीको भनाइ छ ।

मृतक दुबैजनाको टाउकोमा गहिरो चोट देखिएको छ । गत राति नै हत्या गरेर शव गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ भने शव निकालेर प्रहरीले अहिले घटनास्थलमा मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको र हत्यामा संलग्न छोरा भागेश्वर मण्डललाई आवस्यक अनुसन्धान का लागि प्रहरी नियन्त्रणमा रहेकोे धनुषा प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्