News Portal

सरकारले प्रतिपक्ष फुटाउन अध्यादेश ल्याएको हो . अध्यक्ष ओली

ईसगरमाथा संवाददाताकठमाण्डौं, ९,भाद्र
७३ पटक
कठमाण्डौं, ९,भाद्र

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अध्यादेश प्रतिपक्षी फुटाउन पत्रकार सम्मेलनमा बताएकाछन् । अध्यादेश देशघाति हो भन्दै यस अघि आफूले ल्याएको अध्यादेशको प्रशंसा समेत गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अध्यादेश देशको हितको लागि हो भनेको कुरालाई झुटको खेती गरेको भनी प्रतिवाद ‘मेत गरे । उनले अध्यक्ष दाहाललाई देशका अगाडि बेइमानी कुरा नगर्न पनि चेतावनी दिएका छन् ।

’एमाले पार्टी फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ?,’ उनले भने, ’पहिले आफूले जारी गरेको अध्यादेश र अहिले जारी गरिएको अध्यादेशमा उद्देश्यमा, मनसायमा फरक छ । सरकारले अनुचित बाटोबाट कानुन निर्माण गरेर प्रतिपक्ष पार्टी फुटाउने कार्य अनैतिक हो । यो नैतिक कार्य होईन ।’ अध्यक्ष केपीले जोड दिए ।
अध्यक्ष ओलीले माधव नेपालसहितका पार्टीले निश्कासन गरेका १४ जना सांसदहरुलाई कारवाही गरेको सूचना जारी नगरेको भन्दै सभामुख अग्नीप्रसाद सापकोटाको चर्को आलोचना गरेका थिए ।।

’निर्वाचन आयोगलाई संसद सचिवालयले गत १ गते एमालेबाट १४ जना सांसदलाई निस्काशन गरिएको पत्र आएको र त्यो विचारधिन रहेको बताएको छ । कारवाही गरिएका व्यक्तिहरुको सूचिसमेत निर्वाचन आयोगमा पठाउँछ । त्योभन्दा बेइमानी के हुन्छ ?,’ उनको प्रश्न थियो ।

अध्यक्ष ओलीले माधव नेपाललाई पार्टी फुटाउन सहज बनाउनका लागि सरकारले कानुन बनाउने काम गरेको बताए । ’एउटा व्यक्तिलाई सजिलो बनाउनका लागि कानुन निर्माण गर्दै जाने ? एउटा पार्टी फुटाएर प्रतिपक्षलाई कमजोर पार्न रातारात षडयन्त्रपूर्ण खेल खेल्न पाइँदैन । अध्यक्षले भने ।

उनले भने, ’शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँ जस्तो लोकतान्त्रिक आन्दोलनमा लामो समय बिताएको मान्छेले लोकतान्त्रिक मूल्य मान्यता छाडेर जे काम गरिएको छ, त्यसप्रति म आश्चर्य चकित छु ।’

प्रतिकृया दिनुहोस्