News Portal

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका बाँकि काम विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट हुने

ईसगरमाथा संवाददाताकाठमाण्डौं, १० भाद्र
८४ पटक
काठमाण्डौं, १० भाद्र

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकि काम विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट हुने गरी पूर्ववतको सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकि काम सम्बन्धित निकायबाटै कार्य सम्पादन हुने गरी हस्तान्तरण गर्ने निर्णय बुधवार गरेको हो ।

प्राधिकरणले सम्पादन गरेर बाँकि रहेका कामहरु सम्बन्धित निकायबाटै हुने गरी हस्तान्तरण गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । जसअनुसार विपद् व्यवस्थापन सम्बन्धी बाँकी कामहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्पन्न गरिनेछ ।

अन्य निकायहरु शहरी विकास मन्त्रालयले निजी आवासको पुनर्निर्माण सम्बन्धी कामलाई व्यवस्थापन गर्ने, स्वास्थ्य संंस्था र सरकारी भवनहरुको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र शिक्षा मन्त्रालयले विद्यालयको, विश्वविद्यालयको पुनर्निर्माणको कामलाई व्यवस्थापन गर्ने र स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्बन्धी कामलाई व्यवस्थापन गर्ने गरी अभिभारा तोकेको हो ।

२०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षति पु¥याएका भवनहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो ।

प्रतिकृया दिनुहोस्