News Portal

तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणमा नौवटा अन्तर्राष्ट्रिय कम्पनीको आवेदन

ईसगरमाथा संवाददाताकठमाण्डौं, १० भाद्र
७२ पटक
कठमाण्डौं, १० भाद्र

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौवटा कम्पनीले आवेदन दिएका छन् ।
सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौवटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गराएको जानकारी दिनुभयो ।

सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैया विनियोजन भएको छ । सुरुङमार्गका लागि चालू आर्थिक वर्षमा ६० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

उहाँले भन्नुभयो, “आवेदन दिएका कम्पनीहरूको प्राविधिक प्रस्तावको अहिले मूल्याङ्कन भइरहेको र प्राविधिक मूल्याङ्कनमा उत्कृष्ट कम्पनी र आर्थिक मूल्याङ्कन गरिने छ । दुईवटै मूल्याङ्कनमा उत्कृष्ट भएका कम्पनीसँग सम्झौता गरी निर्माण कार्य अगाडि बढाइने छ ।”

आवेदन दिएका कम्पनीहरूले बोलपत्रको मापदण्ड पूरा गरेको अवस्थामा अबको दुई महिनाभित्र कम्पनी छनोट प्रक्रिया पूरा हुने छ । छनोट भएका कम्पनीले पाँच वर्षभित्र सुरुङमार्गको निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

छनोट भएका निर्माण कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्ग निर्माण गर्ने निर्देशक जैसीले बताउनुभयो । सुरुङमार्ग निर्माण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी)’ निर्माण सम्बन्धित निर्माण कम्पनीको नै हुने उहाँले भन्नुभयो । ‘डीएलपी’ को अवधिमा सुरुङमार्गको मर्मत सम्भारको जिम्मेवारी निर्माण कम्पनीको नै कानूनी ब्यबस्था छ ।

यो सुरुङमार्गको पोर्टल बुटवल–तानसेन सडक खण्डमा रहेको सिद्धबाबाको मन्दिर स्थित चिडियाखोला नजिकै हुनेछ । दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर हुनेछ । सुरुङमार्गको निर्माण ‘एसियन हाइवे स्ट्यान्डर्ड’को हुने निर्देशक जैसीले बताउनुभयो ।

सिद्धबाबाको अति जोखिम झन्डै पाँच किलोमिटर क्षेत्रमध्ये उपल्लो सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सो सुरुङमार्ग रहनेछ ।

प्रतिकृया दिनुहोस्