News Portal

मणिपाल अस्पताल तथा शिक्षण कलेज पोखराका स्थानीय व्यवसायीले किने

ईसगरमाथा संवाददातापोखरा, १० भाद्र
१३९ पटक
पोखरा, १० भाद्र

झन्डै ३ दशक अघिदेखि पोखरामा संचालित मणिपाल अस्पताल तथा शिक्षण कलेज पोखराका स्थानीयहरुले खरिद गरेको छन् । भारतीय लगनीकर्ताहरुबाट पोखरामा सञ्चालनमा रहेको उक्त अस्पताल तथा शिक्षण कलेज कुल ३ अर्ब ५० करोडमा पोखराका उद्योगी बतास अर्गनाइजेसन र अटोवेज समूहले खरिद गरेका हुन् ।

भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपको लगानीमा सञ्चालनमा रहेको उक्त अस्पताल तथा शिक्षण कलेजमा ९ सय बेड क्षमताको साथै वार्षिक १ सय जनालाई एमबिबिएस अध्यापनको अनुमति पाएको उक्त ग्रुपका स्वामित्वमा रहेको ४० रोपनी जग्गा समेत रहेको छ ।

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासका अनुसार उक्त अस्पताल तथा शिक्षण कलेजमा बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत शेयर रहने छ । कलेज खरिद पश्चात् अस्पतालमा उपचार सेवा वृद्धि गर्न तत्काल डेढ अर्ब लगानी गरिने छ र उक्त थप लगानीवाट उक्त अस्पतालमा आफूहरूले जटिल रोगको उपचारको लागि काम गरिने वताइएको छ ।

अध्यक्ष बतासका अनुसार ५ बर्ष सम्म उक्त अस्पताल र कलेजको नाम मणिपाल नै रहनेछ । त्य पछि भने नयाँ नामका साथ अस्पताल र कलेज सञ्चालन हुनेछ । ५ बर्ष सम्म मणीपालको नाम प्रयोग गरेबापत भारतीय लगानीकर्तालाई पाँच वर्षको रोयल्टी तिनुपर्ने छ ।

न्युरो र मुटुसहित पोखरामा हाल सम्भव नरहेका रोगको समेत उपचार हुने गरी पाँच वर्षमा देशकै नमुना अस्पताल बनाउन तत्काल डेढ अर्ब लगानी थप गरिने अध्यक्ष बतासले बताउनुभयो । अबको एक वर्षमा पूर्वाधार र उपकरण जडानका सम्पन्न गर्दै सेवा सुचारु गर्ने गरी तत्काल काम अघि बढाइने अध्यक्ष बतासको भनाई छ ।

प्रतिकृया दिनुहोस्