News Portal

स्थगित भएको कक्षा १२ को परीक्षा भदौ अन्तिममा हुने

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ११ भाद्र
७३ पटक
काठमाण्डौं, ११ भाद्र

बिश्वमा महामारीका कारण फैलिएको कोभिडको उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने भएको छ । गत साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने भएपछि परीक्षा सञ्चालनको तयारी भैरहेको जानकारी दिएका छन् ।

प्रिक्षा बोर्डले यस अघि नेपाल सरकारसँग विद्यार्थीलाई खोप उपलब्ध गराउन माग गरेको थियो, सोही अनुसार करिब चार लाख विद्यार्थीलाई मन्त्रालयले खोपको व्यवस्था गरेको छ । भ्याक्सिनको उपलब्ध भएसँगैं एक साताभित्र नै परीक्षाको नयाँ तालिका सार्वजनिक गर्ने तयारी भैरहेको र विद्यार्थीको भौतिक उपस्थितमै तीन घन्टाको परीक्षा सञ्चालन गरिने तयारी छ ।

बोर्डका अनुसार परीक्षा केन्द्र तोक्ने, जनशक्ति व्यवस्थापन, प्रश्नपत्र तयारी, ढुवानी तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन र व्यवस्थापनबारे अभिमुखिकरण गर्ने लगायतका सम्पूर्ण कार्य यसअघि नै सम्पन्न भैसकेकोले परीक्षा सञ्चालन गर्ने समपुर्ण तयारी पुरा भएको जनाएको छ ।

कक्षा १२ सञ्चालन भएका ४ हजार ३१५ विद्यालय रहेको र कक्षा १२ मा धेरै विद्यार्थी भएकाले बोर्डले कक्षा १० र १२ सञ्चालन भएका सबै विद्यालयलाई परीक्षा केन्द्र बनाउने् र स्वास्थ्य मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गरिने बोर्डको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना सर्वाजनिक गरी मन्त्रालयकै अनुरोधमा सरकारले १८ वर्ष र सोभन्दा बढी उमेरका सबै विद्यार्थीलाई खोप उपलब्ध गराउने व्यवस्था गरेको र सबैले आफूलाई पाएक पर्ने खोप केन्द्रबाट खोप लगाउन सबै विद्यार्थीलाई अनुरोध गरिएको सुचनामा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्