News Portal

निर्वाचन आयोगको निर्णय विरुद्ध केपी वली समूह अदालत जाने

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ११ भाद्र
८२ पटक
काठमाण्डौं, ११ भाद्र

माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध केपी वली समूहको एमाले अदालत जाने निर्णय गरेको हो ।

केपी समूहको एमाले केन्द्रीय कमिटीको बिहीबारको बैठकले पार्टीले कारबाही गरिसकेको केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षर समेत सनाखत गरेर नयाँ दल दर्ता गराएकोे विवादास्पद निर्णय विरुद्ध अदालत जाने निर्णय गरेको हो ।

बैठकपछि सचिव प्रदीप ज्ञवालीले निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएर एमाले विभाजनमा सहयोगी भूमिका खेलेकाले कानुनी उपचार खोज्ने निर्णय गरिएको बताए । ‘निर्वाचन आयोगको भूमिका दल विभाजनमा सहयोगी हुने होइन ।

कानुनसम्मत निर्णय गर्ने हो । निर्वाचन आयोगको भूमिका दल विभाजनमा सहयोगी हुने होइन । कानुनसम्मत निर्णय गर्ने हो । तर, कैयौँ कुरा फरक ढंगको देखिएको हुनाले कानुनी उपचार खोज्ने निष्कर्षमा पुगका हौँ, सचिव प्रदीप ज्ञवालीले भने ।

नेकपा एकीकृत समाजवादी पार्टी गठनमा संलग्न माधवकुमार नेपाल सहित ५९ जना केन्द्रीय सदस्यलाई निष्कासन गर्ने निर्णय केपी समूहले गरेको छ । ‘बैठकले विभाजनकारी गतिविधिमा संलग्न र अलग दल दर्तामा सहभागी केन्द्रीय सदस्यहरूलाई निष्कासन गर्दै निजहरूको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रतिकृया दिनुहोस्