News Portal

शर्मा बने नेपाली सेनाको प्रधान सेनापति

ईसगरमाथा संवाददाताकाठमाडौँ, ११ भाद्र २०७८
१२५ पटक
काठमाडौँ, ११ भाद्र २०७८

नेपाली सेनाको प्रधान सेनापतिमा बलाधिकृत रथी प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ देखि लागु हुने गरी शर्मालाई प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा(५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रधान सेनापति पदमा नियुक्त गरेकी हुन् । शर्मा अहिले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति छन् ।

प्रधान सेनापति पुर्णचन्द्र थापा अवकास हुनु १ महिनाअघि साउन २४ देखि विदामा बसेपछि सरकारले शर्मालाई कायमुकायम सेनापतिको जिम्मेवारी दिएको थियो ।

प्रतिकृया दिनुहोस्