News Portal

एमाले नेता तथा वागमती प्रदेश सभा सांसद चौलागाईंको निधन

ईसगरमाथा संवाददाताकाठमाण्डौ, २८ वैशाख
३३ पटक
काठमाण्डौ, २८ वैशाख

कोरोना संक्रमणको कारण नेकपा एमालेका नेता तथा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद पशुपति चौलागाईंको निधन भएको छ । दोलखाका चौलागाईं कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका चौलागाईंको मंगलबार साँझ निधन भएको हो ।

एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाई दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए । उनी २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमाले निकट युवा संघका पूर्व अध्यक्ष समेत हुन् । उनी नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए ।

चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्