News Portal

वर्षकै ठूलो वर्षा, अझै एक हप्ता रहने

ईसगरमाथा संवाददाताकाठमाण्डौं, १३ भाद्र २०७८
९३ पटक
काठमाण्डौं, १३ भाद्र २०७८

आज यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यो वर्षा अझै एक साता रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । १३ वटा वर्षा मापनकेन्द्रमा ठूलो वर्षा भएको देखाएको छ ।

अति धेरै वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षा मापन केन्द्र रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो दुई दिनमा सबैभन्दा धेरै वर्षा नवलपुरमा भएको छ । त्यहाँको बतासा स्थित वर्षा मापनकेन्द्रमा ४३४.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

जुलाई र अगस्ट महिना मनसुन उच्च रूपमा सक्रिय रहने महिना हो । सोही कारण पनि अगस्ट महिना भर र सेप्टेम्बरको पहिलो साता सम्म पनि यो वर्षको मनसुन सक्रिय नै रहने सम्भावना रहेकोले चनाखो भएर रहन महाशाखाले आग्रह गरेको छ ।

मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल झरे मात्र मौसम सुधार हुने अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उहाँका अनुसार शनिबारसम्म तराईमा केन्द्रित रहेको मनसुनी वर्षा अब नेपालको पूर्वी भेग र सुदूूरपश्चिम भेगमा थप सक्रिय बन्दै आएको छ । जस अनुसार दुई दिनमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका विभिन्न भेगमा भारी वर्षा हुने आँकलन छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली भेगका पहाडी इलाकाको केही स्थानमा पनि भारी वर्षा हुने र अबको एक सातापछि मात्र मौसममा हल्का सुधार हुँदै जाने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्