News Portal

भदौ २२ सम्म एमाले र जसपाका प्रदेश र स्थानीय जनप्रतिनिधिले दल रोज्नुपर्ने

ईसगरमाथा संवाददाताकाठमाण्डौ, १३ भाद्र २०७८
१३६ पटक
काठमाण्डौ, १३ भाद्र २०७८

निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई विभाजनपछिको दल रोज्न समय दिएको छ ।

निर्वाचन आयोगको आईतवार बसेको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश अनुसार विभाजनपछिको दल रोज्न भदौ २२ गतेसम्मको समय दिने निर्णय गरेको हो ।

केपीओली नेतृत्वको नेकपा एमाले विभाजन भएर माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतन्त्रिक समाजवादी पार्टी बनेका छन् ।

अध्ययादेश अनुसार दल विभाजनको २१ दिनभित्र दल रोज्न पाउने सुविधा छ । नयाँ दल रोज्ने प्रदेश सभा सदस्यले २२ गतेसम्म सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्