News Portal

नव नियुक्त सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन– सकारात्मक परिणाम निकालोस्

ईसगरमाथा संवाददाताकाठमाडौं, १४ भाद्र २०७८
१४६ पटक
काठमाडौं, १४ भाद्र २०७८

अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा सरुवा भई आएका सचिवहरुलाई स्वागत गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले राजश्व सचिव कृष्णहरि पुष्कर कर्ण र महालेखा नियन्त्रक सचिव सुमनराज अर्याललाई स्वागत गरेका हुन् ।

मन्त्री शर्माले मन्त्रालय अन्तर्गतका तीन जना सचिवको विशिष्ट जिम्मेवारीलाई एकीकृत प्रणालीको माध्यमबाट कार्य सम्पादन गर्न निर्देशन दिएकाछन् । अर्थमंत्रालयले सकारात्मक परिणाम निकालोस् मन्त्री शर्माले जोड दिए ।

वित्त व्यवस्थापन, त्यसको समूचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवबाट आ–आफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास उनले व्यक्त गरे । मन्त्री शर्माले ३ सदस्यीय यो विशिष्ट कार्यदललाई राजश्व वृद्धि, भन्सार, सावजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धान लगायतका विषयमा ठोस योजना ल्याउन समेत निर्देशन दिएका हुन् ।

अर्थ सचिव मधुकुमार मरासिनीले राजश्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनुपर्ने बताउँदै संविधानको भावना र वर्तमान सरकारको समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरुमा रहेको जनाएकाछन् ।

स्वागत कार्यक्रममा नव नियुक्त राजश्व सचिव कृष्णहरि पुष्कर कर्णले करदाता मैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजश्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’ का आधारमा काम गर्नुपर्ने बताए ।

व्यूरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गरे । देशभर रहेका अन्य सरकारी कार्यालयहरुले समेत स्वामित्व महसुस गर्ने गरी काम गर्ने गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महत्वपूर्ण रहेकोमा जोड दिँदै त्यसको लागि आफ्नो तर्फबाट सक्दो योगदान बताएकाछन् । अर्यालले नीतिगत सुधार व्यवसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग अनिवार्य छ भन्दै महालेखाको कार्य प्रणालीलाई थप सुदृढ गर्ने प्रतिवद्धता जनाए ।

प्रतिकृया दिनुहोस्