News Portal

धितो राखेको सुन बैंकले बेचेको भन्दै प्रहरीमा उजुरी

पत्रपत्रिकावाटकाठमाण्डौ, भदौ १४ २०७८
१३० पटक
काठमाण्डौ, भदौ १४ २०७८

ललितपुरको कुमारीपाटीमा रहेको महालक्ष्मी विकास बैंकले एक सेवाग्राहीले धितोमा राखेको सुन बेचेको पाइएको छ। बैंकबाट रकम निकाल्न ललितपुरको चाकुपाट बस्ने विष्णु महर्जनले दुई सय ४८ ग्रामका गरगहना धितो राखी बैंकबाट १४ लाख रुपैयाँ ऋण लिएकी थिइन् । ऋण चुक्ता गरी धितो फिर्ता लिन जाँदा बैंकले नदिएको उनले प्रहरीमा उजुरी दिएकी छन्।

सुन गायब भएपछि उनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी छिन्। ललितपुरका एसएसपी किरण बज्राचार्यले बैंकको ठगीबारे अनुसन्धान भइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीकहाँ बैंकले धितो राखेको सुन बेच्यो भनेर उजुरी परेको छ, त्यसबारेमा अनुसन्धान भइरहेको छ।’ प्रहरीले महालक्ष्मी विकास बैंकका कर्मचारी र पीडित दुवै पक्षलाई परिसरमा बोलाएर अनुसन्धान थालेको छ ।

यसअघि पनि महालक्ष्मी बैंककै कर्मचारीको मिलेमतोमा सात करोड ४८ लाख रुपैयाँ घोटाला भएको भन्दै प्रहरीमा मुद्दा परेको थियो। प्रहरीले बैंकिङ कसुर मुद्दामा बैंकका कर्मचारीसहित २५ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो । –नयाँ पत्रिका

प्रतिकृया दिनुहोस्