News Portal

श्रीलङ्कन एयरले आजबाट काठमाडौँ – श्रीलङ्का सिधा उडान सुरु गर्याे ।

ईसगरमाथा संवाददाताकठमाण्डौं, १५ भाद्र २०७८
१२० पटक
कठमाण्डौं, १५ भाद्र २०७८

आजदेखि श्रीलङ्कन एयरलाइन्सले काठमाडौँ – श्रीलंङ्का सीधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयर बस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँ स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

श्रीलङ्कन एयरलाइन्सबाट १३२ यात्रु काठमाडौँ आएका छन् । कोलम्बो–काठमाडौँ नियमित उडान सुरु भएको विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिए । उहाँका अनुसार काठमाडौँबाट १४९ यात्रु लिएर श्रीलङ्कन एयरको जहाज बिहान ११ः१० बजे पुनः कोलम्बो उडेको छ ।

काठमाडौँ–कोलम्बो सीधा यात्रा करिब साँढे तीन घण्टाको दूरीलाई हप्तामा दुई दिन मङगलबार र शनिबार उडान भर्ने विमानस्थलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्