News Portal

नौ अर्ब रुपैयाका चीनिया जहाजहरुले उडान भरेनन्, देशलाई ठूलो आर्थिक क्षति

ईसगरमाथा संवाददाताकाठमाण्डौं, १५ भाद्र, २०७८
११४ पटक
काठमाण्डौं, १५ भाद्र, २०७८

नेपाल वायुसेवा निगमलाई आन्तरिक उडानमा अब्बल बनाउने उद्देश्य राखेर ७ वर्ष अघि ल्याइएका ६ वटा चीनियाँ जहाजले नेपाली आकासमा उडान भरेका छैनन् । यसले देशलाई ठूलो आर्थिक क्षति हुन गएको छ । चीनिया खरिदका विमानहरुले उडान भर्न नसक्ने नेपाल वायुसेवा निगमले जनाएको छ ।

आन्तरिक उडानमा नउडाउने निश्चय गरेर थन्क्याइनु सार्वजनिक स्रोत दुरुपयोगको दुःखलाग्दो दृष्टान्त मात्र होइन, नेपाल वायुसेवा निगमको लापार्वाही र आर्थिक दुरुपयोग भएको विज्ञहरु बताउँछन् ।

६ वटा जहाजमा ऋण, अनुदान, लगानी र भन्सार सहित ७ अर्ब २४ करोड र सञ्चालन घाटा २ अर्ब ६० करोड गरी ९ अर्ब ८४ करोड रु. नेपाल वायुसेवा निगमले खर्च गरेको छ । सञ्चालन घाटा चुलिँदै गएकाले गत वर्षदेखि जहाज ‘ग्राउन्डेड’ गरिए पनि प्रशासनिक, बिमा खर्च र ऋणको बोझ बढेकोले उडान बन्द गर्नु परेको निगमले जनाएको छ ।

यी जहाजहरू छोटो अवधिमै उडाउन नसकिने अवस्थामा आउनु, देशलाई ठूलो आर्थिक क्षति पुराउनु चानचुने कुरा हुदै होइन त्यसैले जहाज ल्याउने प्रक्रियादेखि सञ्चालनको क्रमसम्ममा के–कस्ता त्रुटि–कमजोरी रहे, यसका निम्ति स्वतन्त्र उड््डयन विज्ञहरूसहितको उच्चस्तरीय छानबिन आयोग नै गठन गरी तत्काल अनुसंधान थालिनु पर्ने नेपालका उड्डयन विज्ञ बताउँछन् ।

राज्यका सम्बन्धित निकाय र संसद्को लेखा समितिको पनि यसमा ध्यान जावस् । यति ठूलो धनराशीको उक्त जहाजहरु थन्काउन पर्ने स्पष्ट र ठोस कारण उल्लेख नभएसम्म निर्णय प्रक्रियामा संलग्नहरूले त्यसै उन्मुक्ति दिनु हुँदैन, गहिरो छानबिन हुनुपर्ने विज्ञहरुको राय छ ।

प्रतिकृया दिनुहोस्