News Portal

कोरोना संक्रमणबाट २० को मृत्यु, १५२३ जना सङ्क्रमित

ईसगरमाथा संवाददाताकाठमाण्डौं, १५ भाद्र २०७८
१०७ पटक
काठमाण्डौं, १५ भाद्र २०७८

यो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ । एक हजार ५२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ७८६ जना कोरोनामुक्त भएका छन् । हालसम्म सात लाख १६ हजार ३०६ जना निको भएका छन् । २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सात लाख ६२ हजार ६४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७५० जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्