News Portal

सउदी अरबको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, ८ जना घाइते

ईसगरमाथा संवाददाताकाठमाण्डौं, १५ भाद्र, २०७८
११२ पटक
काठमाण्डौं, १५ भाद्र, २०७८

सउदी अरबको अभा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ । उक्त आक्रमणमा परी आठ जना घाइते भएका छन भने एउटा यात्रुबाहक विमान क्षतिग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएकाछन् ।

सउदी अरबको सरकारी न्युज च्यानल अल अरबीका अनुसार दक्षिणी क्षेत्रमा अवस्थित उक्त विमानस्थलमा पछिल्लो २४ घण्टामा दोस्रो पटक आक्रमण भएको छ । अल अरबी च्यानलका अनुसार एउटा आक्रमण भएको केही घण्टामा नै दोस्रो आक्रमण गरिएको छ ।

यमनमा युद्ध गरिरहेको हुथी विद्रोहीले आक्रमण गराएको हुनसक्ने आशंका छ । केही दिनअघि यमनको दक्षिणी क्षेत्रमा रहेको ठूलो सैन्य क्याम्पमा मिसाइल र ड्रोन आक्रमण भएको थियो । उक्त आक्रमणमा साउदी अरेबियाको समर्थनमा रहेको यमनी गुटका ३० सैनिकको मृत्यु भएको थियो ।

सो घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन ।

प्रतिकृया दिनुहोस्