News Portal

यौन शोषण गर्न लगाउने पोखराका २ ब्यवसायी पक्राउ

ईसगरमाथा संवाददातापोखरा, १६ भाद्र २०७८
१९७ पटक
पोखरा, १६ भाद्र २०७८

पोखरामा यौन शोषण गर्न लगाउने २ ब्यवसायीलाई प्रहरीले पक्राउ गरोको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ शान्तिनगर स्थित ए वान रेष्टुरेन्टकी संचालिका २८ वर्षीया अस्मिता राईलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आफ्नो रेष्टुरेन्टमा खाजा नास्ता बनाउने तथा वयटरको काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रास देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरामा नै मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका–६ खहरे चोकस्थित होटल लिटिल ह्यावेनका संचालक नुवाकोट तारकेश्वर गाउँपालिका–४ घर भएका विशाल भन्ने २७ वर्षीय विष्णु श्रेष्ठलाई समेत मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

होटेल ब्यवसायी विशालले कुकको काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी महिलाहरूलाई डर त्रासमा पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु दुवैलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ३ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलाय कास्कीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्