News Portal

पर्वतमा पहिरोमा परि ११को मृत्यु, पहिरोको कारण बिद्युत, संचार र यातायात समेत आवरुद्ध

ईसगरमाथा संवाददातापर्वत, १९ भाद्र २०७८
१८० पटक
पर्वत, १९ भाद्र २०७८

पर्वत जिल्लाको कुश्मा नगरपालीका र मोदी गाउँपालिकाको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

पहिरोमा परि कुश्मा नगरपालिका–३ दुर्लुङ्गको घोगेनीमा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो ।

शर्माकी ७५ वर्षकी आमा कौशिला पौडेल, ३६ वर्षकी श्रीमती भगवती, दुई छोरीहरु १७ वर्षकी विमला र १३ वर्षकी विनिता र १०९ वर्षीय छोरा विनोदको मृत्यु भएको छ । माधव पौडेल बिदेश भएको कारण परिवारमा एक जना मात्रै बाँच्न सफल भएका छन् ।

त्यस्तै कुश्मा नगरपालिका–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ७० वर्षीया डल्ली पाध्या पौडेल, ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी साली पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ । साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

बिहीबारदेखि नै विद्युत् सेवा अवरुद्ध भएपछि पर्वतमा सञ्चार सम्पर्क समेत विच्छेद भै शनिवार राती ८ बजेदेखी सुचारु भएको छ । यता मध्यपहाडि राजमार्ग अन्र्तगत पर्वतको कुश्मा ७ स्थित खरेहा र चुवामा गएको पहिरोको कारण कुश्मा, बागलुङ, बेनी र मुस्ताङ चल्ने सवारीसाधनहरु ठप्प भएका छन् ।

प्रतिकृया दिनुहोस्