News Portal

अमेरिकामा हिन्दुत्व विषयक सम्मेलन हुँदै

ईसगरमाथा संवाददाताकाठमाण्डौं, २४ भाद्र २०७८
१०३ पटक
काठमाण्डौं, २४ भाद्र २०७८

अमेरिकमा हिन्दुत्व विषयमा एक ठूलो सम्मेलन हुँदैछ । केही संघ संगठन तथा ब्यक्तिहरुले यस सम्मेलनको खुलेर नै विरोध गर्दै आएका छन् । विरोध गर्नुको मुख्य कारण यस प्रकारका कार्यक्रमले हिन्दु विरोधी घृणा बढाउने र पश्चिमी देशहरुमा हिन्दु समुदायका विरुद्ध हिंशा भडाकाउने भनी अमेरिकामा खोलिएको हिन्दु शाखाले दावी गरेको भारतीय हिन्दु स्वयंसेवक संघ (एचएसएस), जनाएको छ ।

त्यहाँ स्थित हिन्दु शाखाले सम्मेलनका सह–प्रायोजकहरुलाई यस्ता कार्यक्रमका लागि आफ्नो संस्थाका समर्थन फिर्ता लिन र अल्पसंख्यकलाई निशाना नबनाउन सो सम्मेलन बन्द गर्न अनुरोध गरेका छन् ।

हिन्दु स्वयंसेवक संघ (एचएसएस), यूएसएले बुधवार एक बयानमा भने ‘वैश्विक हिंदुत्वको अन्त्य गर्ने विषय हो । तथाकथित सम्मेलन भारतीय राजनीतिक कार्यकर्ताले नै आयोजित गरिरहेका छन् । जसमा कम्युनिस्ट पार्टीका केही सदस्य शामिल छन् ।’

अमेरिकी एकेडेमिक संस्थानका केही विभागहरुले र केही ब्यक्तिहरुले यसको समर्थन सम्मेलनको समर्थन गरेका छन् । तपाईहरुलाई भन्नु पर्छ कि हिन्दु स्वयंसेवक संघ र राष्ट्रीय स्वयंसेवक संघ एक यूनिट हो ।

संघले भनेको छ ‘हामी यस्ता कार्यक्रमहरुको कडा निंदा गर्छाै । जो हिंदुत्वमा घृणाको भावना बढ़ाई दिन्छ । यस प्रकारका कार्यक्रमले पश्चिम देशहरुमा अल्पसंख्यक हिन्दु वस्तिका विरुद्ध हिंसा भड्काउँछ ।’ भारतीय संचार माध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्