News Portal

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

ईसगरमाथा संवाददाताकाठमाडौं, १४ असोज
६३ पटक
काठमाडौं, १४ असोज

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी रहेको नेकपा एमाले सहभागी नहुने भएको छ ।
प्रतिनिधि सभामा देखिएको जुन प्रकारको गतिरोध छ त्यो अन्त्य गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएको बताएका छन् ।

प्रतिपक्षी दलका नेताले भने ‘हामी सर्वदलीय बैठकमा सहभागी हुँदैनौं,’ ‘यो सरकारले असंवैधानिक ढंगले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो ।’
यसअगाडि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए । एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ ।

प्रधानमन्त्री देउवाले संसदमा देखिएको गतिरोध अन्त्य र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने शीर्ष नेतालाई सर्वदलीय बैठकमा बोलाएका थिए ।

आफूहरूले कारबाही गरेका १४ सांसदको सूची टाँस नगरेको र पार्टी विभाजन गर्न सभामुख सापकोटाले भूमिका खेलेको आरोप एमालेले लगाइरहेको छ । सर्वदलीय बैठकमा जाने कि नजाने भन्नेबारे आफूहरू छलफलमै रहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । सर्वदलिय बैठक आज बिहीबार १० बजे बालुवाटारमा बस्ने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्