News Portal

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः गुरुङ

ईसगरमाथा संवाददातापोखरा, २९ बैशाख
२२ पटक
पोखरा, २९ बैशाख

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । गुरुङले वैशाख २६ गते राजीनामा दिएका थिए ।
गुरुङ्गको राजीनामा पछि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।

प्रदेश प्रमुखको आव्वहन पछि बुधबार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गरेका थिए । तर उक्त पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।

मुख्य मन्त्री गुरुङ्गलाई प्रदेश प्रमुख पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । मुख्यमन्त्री गुरुङले एक महीनाभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्