News Portal

कोरोना संक्रमणको कारण पोखराका पत्रकार पौडेलको निधन

ईसगरमाथा संवाददातापोखरा, ३० बैशाख
२९ पटक
पोखरा, ३० बैशाख

कोरोना संक्रमणको कारण पोखराका एक कृयाशिल पत्रकारको निधन भएको छ । गण्डकी टेलिभिजनका निर्देशक ४२ वर्षीय गणेश पौडेलको विहिवार बिहान निधन भएको हो ।

करीब डेढ दशकदेखि पोखराको पत्रकारिता जगतमा सक्रिय पौडेललको स्वासप्रस्वासमा समस्या देखिएपछि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारार्थ भर्ना भएका थिए । पत्रकार पौडेलको सोही अस्पतालमा उपचार हुँदाहुँदै बिहान निधन भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ भरतपोखरी निवासी पौडेल पत्रकार अपिल त्रिपाठीको फलानो क्रियशनमा पनि आबद्ध थिए ।

पत्रकार अपिल त्रिपाठीका अनुसार, करीब नौ दिन अघि कोरोना संक्रमण भएपछी उनी होम आइशोलेशनमा बसेका थिए । चार दिन अघि स्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि उनलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्