News Portal

श्रीमदभाग्वद गीता–सार

५२० पटक

प्रथम अध्याय –सैनिकहरूको लेखा जोखा
दुबै पट्टीका सेनाहरू सबै आफन्त भएकोले सत्य र असत्य बीचको यो लडाईंमा अर्जुन बिचलित भएको र लडाईंमा कमजोर भएको अवस्था । आखिर मन न हो अर्जुनको कोमल मनले आफन्तहरु बिच युद्ध गर्न उचित ठानेन बरु असत्यको जित होस् भन्ने मानसिकतामा उनि अल्झिरहेका थिए भगवान श्री कृष्णले सल्लाह सुझाब दिनु भन्दा पूर्व ।

दोश्रो अध्याय – गीताको सार
यो शरीरधारी आत्मा जसरि बाल्यकालबाट युबाबस्था, युवाबस्थाबाट बृद्धाबस्था सर्केझै फरक फरक शरीरमा सर्छ । दुःख सूख गर्मी जाडो आउने जाने अस्थाइ कुरा हुन यस्ता कुराहरुलाई हरेक मानिसले बिचलित नभैकन सहनु पर्दछ । अबिनाशी आत्मतत्वलाई कसैले नाश गर्न सक्दैन । बिनास रहित, नाप्न नसकिने र नित्य रहिरहने जीवात्माको भौतिक शरीर नाशवान छ । यो आत्मा न त मर्छ न मारिन्छ । आत्मा न जन्मन्छ न मर्छ ।

आत्मा अजन्मा, नित्य, शाश्वत र पुरातन छ । शरीर मर्दा उ रहिरन्छ । जसरि मान्छेले पुराना लुगा फुकालेर नयाँ लुगा लगाउछ त्यसैगरी आत्माले पनि पुरानो मकिएको शरीर छोडेर नयाँ शरीर धारन गर्छ । यो आत्मालाई न हतियारले टुक्रा पार्न सक्छ, न आगोले जलाउन सक्छ, न पानीले भिजाउन सक्छ, न त हावाले सुकाउनै सक्छ । सदैब रहिरहने, सर्बत्र फैलिएको, अपरिबर्तनशिल, अचल र एकै नास आत्मा छ ।

शरीरको शोक गर्नु आवस्यक छैन किनको जन्मलिनेको मृत्यु र मृत्यु हुनेको जन्म अनिबार्य कुरा हो । असल मार्ग तीर गरिएको सानो प्रयत्नले ब्यक्तिलाई ठुला ठुला डरहरूबाट जोगाउछ । इन्द्रिय सुखको लागि सम्पत्ति कमाउन मरिहत्ते गर्ने र सन्सारिक बस्तु प्राप्तिका खातिर लागि पारेको अशान्त बुद्धीले समाधीको अनुभब गर्न सक्दैन । आफ्नो कार्य गर, फलको आश नगर । जब मानिसले आफ्नो मनका सम्पुर्ण चाहनालाई त्याग्छ र अफुभित्रै आनन्द अनुभब गरेर सन्तोष प्राप्त गर्छ त्यो नै स्थित प्रज्ञ हो ।

दुःखको बेलामा अशान्त नहुने र सूखमा नमात्तिने आशक्ती रहित डर एबम क्रोध उपर नियन्त्रण नै स्थिर प्रज्ञ हो। जताततै अनादर पाउदा नी जसले राम्रो नराम्रो शुभ अशुभ भनेर् प्रशंसा वा आलोचना गर्दैन त्यहि नै बिबेकी वा प्रज्ञावान ब्यक्ति हो । इन्द्रियहरूलाई नियन्त्रण गर्ने प्रयत्न गर्दा गर्दै पनि बलवान इन्द्रियहरूले बिबेकीमनलाई अपहरण गर्छन्। जसले आफ्ना इन्द्रियहरुका क्रियाकलापलाई नियन्त्रणमा राखेर ती उपर अधिकार जमाएको र बिबेकलाई भगवानमा स्थापित गरेको छ त्यहि बुद्धिमान हुन्छ ।
तेस्रो अध्याय –कर्म योग
ज्ञानीले बुद्धीका माध्यामबाट तत्वको बोध गर्न चहन्छन भने भक्तले कर्म वा सेवा गरेर भगवानलाई जान्ने प्रयत्न गर्छन । न त कुनै पनि मानिसले कर्मफल बाट बिमुख भएर मुक्ति प्राप्त गर्न सक्छ न त पूर्ण त्यागी बनेर मात्रै पूर्णता प्राप्त गर्न सक्छ । हरेक कर्म पूजा ठानेर सम्पादन गर्नु पर्छ । अन्यथा कर्मनै संसारिक बन्धनका स्रोत बन्छन तसर्थ आत्मिक प्रसन्नताका खातिर कर्म गर र बन्धनबाट मुक्त होउ ।
अर्काको धर्म गर्नु भन्दा अधकल्चो भए पनि आफ्नै धर्ममा अडिग असल हुन्छ। आफ्नै धर्मका लागि मर्नु बेश हुन्छ । रजो गुण बाट उत्पन्न हुने काम बासना र क्रोध नै सम्पुर्ण पापका कारण हुन । धुवाले आगो ढाकिए झै ऐना धुलोले ढाकेझै, भ्रुण सालनालले बेरिएझै जिवात्मा बिषय बासनाबाट छोपिएको हुन्छ ।
चौथो अध्याय –दिब्य ज्ञान
जब जब धर्मको बिनाश र पापको उत्थान हुन्छ त्यस बखत धर्मको रक्षाको खातिर भगवानले अबतार धारणा गर्नु हुन्छ । भक्तहरूको सुरक्षा र पापीहरूलाई नाश पारेर धर्मको पुनस्थापना गर्न भगवान् हरेक युगमा प्रकट हुनुहुन्छ । कर्मफलको आश सबै त्यागेर हरहमेसा सन्तुस्ट र स्वतन्त्र रहने मानिसले कर्म गरेता पनि उसले कुनै कर्म गरेकै हुन्न । जो मानिस स्वतः प्राप्त फलबाट सन्तुस्ट मेरो र तेरो बीचारबाट मुक्त इष्र्या रहित र लाभ हानिमा समतामुलक द्रिष्टिकोण राख्छ उसलाइ कर्मले बाध्न सक्दैन ।
यज्ञ नगर्ने मान्छेका लागि यो संसार त सुखी छैन् भने परलोकको के कुरा? ज्ञानमय यज्ञ द्रब्यमय यज्ञ भन्दा श्रेष्ठ हो । जलिरहेको आगोले जसरि सुकेको काठलाई खरानी पार्छ, त्यसरिनै ज्ञानरुपी अग्निले सबै कर्म प्रभाबलाई भष्म पार्छ । यस संसारमा ज्ञान जस्तो परम पवित्र अरु केही छैन भने कठोर योगबाट यस्तो ज्ञान सिद्ध भएको हुन्छ । श्रद्धा ज्ञान र इन्द्रिय उपर अधिकार प्राप्त गरेको ब्यक्तिले यस्तो ज्ञान प्राप्त गर्छ र यस्तो ज्ञान प्राप्त हुदा साथ उसले तत्कालै परम शान्ति पाउँछ ।
पाचौ अध्याय– कर्म सन्यास योग
परम तत्वको सक्षात्कार गरेको मानिसले हेर्दा सुन्दा छुदा सुघ्दा खानपान गर्दा सुत्दा स्वास्प्रस्वास गर्दा कुराकानी गर्दा मलमुत्र बिसर्जन गर्दा कुनै बस्तु स्वीकार गर्दा आँखा खुल्ला राखेर हेर्दा वा बन्द गरेर सोचिरहदा समेत मैले केही गरिरहेको छैन् तर मेरा इन्द्रियहरूले आफ्नो प्राक्रितिक् कार्य गरिरहेका छन् भन्ने च्न्तन गरिरहेको हुन्छ । जसले कर्मको फल ब्रहमलाई अर्पण गरेर आशक्तिरहित भएर काम गर्दछ, पानीले कमलाको पातलाई भिजाउन नसकेझै उसलाइ पनि पापले छुन सक्दैन ।
जब मानिसको बिबेक अन्तरात्मा श्रद्दा एबं भक्ति परमात्मामा केन्द्रित हुन्छ अनिमात्र उसका सबै कर्महरूको बिनास भई उसले सधैका लागि मुक्तिको पथमा अग्रसरता लिन्छ । स्थुल इन्द्रियहरूको स्पर्श बाट उत्पन्न हुने सुखमा बुद्दिमान मानिस खुशि हुदैन किनभने यस्ता सुख स्थाई हँुदैनन । जसले आफुभित्रै परम्सुखको अनुभब गर्छ जो अन्तर्मुखी एबम स्व प्रकाश छ उ ब्रहमपद प्राप्त गरेको परमयोगी हो र अन्त्यमा उसले ब्रहमपद प्राप्त गर्दछ ।
छैटौ अध्याय –ध्यान योग
मानिसले आफ्नो उद्धार आफ्नै अत्माको सहयोगले गरोस र आत्म–पतन बाट जोगियोस किनभने स्वयं मानिस आफुनै आफ्नो मित्र तथा सत्रु हो । मानसिक प्रबित्ती उपर बिजया प्राप्त नगरेकाले स्वयमसँग शत्रुतापुर्ण व्यबहार गर्छन्। आफ्ना मानसिक प्रबित्ती उपर बिजय प्राप्त प्रशन्तात्माले परमात्मालाई प्राप्त गरिसकेका हुन्छ्न र तिनका लागि जाडो गर्मी मान अपमान सूख दुःख जस्ता सम्बेदनाहरू समान हुन्छन् ।
योगको अभ्यास गर्नेले सर्बप्रथम एकान्त ठाउ रोजेर म्रिग चर्म र नरम कपडाले धाकिने गरि पवित्र ठाउको भुइमा कुशको गुन्द्री ओछ्याओस । आसन अग्लो वा होचो नहोस् । यसै आसनमा बसेर आत्मबिश्वास पुर्बक मन इन्द्रिय तथा कर्मलाई बशमा राख्दै मनलाई एकाग्र पारी आत्मा शुद्धीका लागि योगमा आफूलाई लिन पारोस । आफ्नो शरीर गर्दन र शिर लाई सोझो पारेर नाकको टुप्पोमा आँखा स्थिर परोस् र मनलाई सम्यमित र एकाग्र तुल्याओस ।
अनी ब्रह्मचारी रहेर निर्भिकता पुर्बक एकाग्रता सहित् भगवानको मात्रै ध्यान् गरोस् । मन ज्यादै चन्चल भएकोले जथाभाबी दौडिरहेको हुन्छ र यसलाई त्यहाबाट बारम्बार तानेर आफ्नो नियन्त्रणमा राख्नु पर्छ । हरहमेसा योगको अभ्यासमा लागिरहेको योगी सबै पापबाट मुक्त भई ब्रहम सामिप्यको सर्बोच्च सुखानुभुती गर्न सफल हुन्छ ।
सातौ अध्याय –परम ज्ञान
हजारौ मानिस्हरू मध्य कुनै एक जानाले सिद्धिका लागि प्रयत्न गर्छ, त्यस्ता हजारौं मध्यबाट बल्ल बल्ल कुनै एकजनाले भगवानलाई जस्ताको तस्तै जान्दछ । पृथ्वी पानी आगो बतास आकास मन बुद्धी एबम अहंकार यो ८ वटा प्राक्रितिक शक्तिहरु भगवानकै फरक फरक आकार प्रकार हुन ।
समस्त जिबहरू जन्मिदा अज्ञानी हुन्छन् र इच्छा शत्रुताबाट उब्जेको द्वन्दवमा फसेर अलमलिन्छन । जसले बर्तमान र पुर्बजन्ममा सत्कर्म गरेका छन् र पापरहित छन् तीनले सबै प्रकारका मोहको द्वन्दव बाट मुक्त भई द्रिढता पुर्बक भगवानको भजन गर्छन् । बुढो पन र मृत्यु बाट छुटकारा चहेका मानिसले श्रद्धा पुर्बक भगवानको भजन गर्छन् । जसले समस्त भौतिक जगत देव जगत र समस्त यज्ञ हरूको नियन्त्रक र कारण बसुदेवलाई नै ठानेको छ बुझेको छ त्यस्तो मन एकाग्र भएको ब्यक्तिले मरणको बखतमा बसुदेव कृष्णलाई जान्न सक्छ ।
आठौ अध्याय –भगवानको प्राप्ति
मर्ने बेलामा जसले भगवानको स्मरण गर्दै शरीर छाड्छ, त्यसले तुरुन्तै भगवानलाई पाउछ । कबि प्राचिनतम नियन्ता सुक्ष्मतम कल्पनातित, अचिन्त्य, समरुप सूर्य सरह प्रकासवान अन्धकार रहित दिब्य पुरुष परमात्माको स्मरण गर्नु पर्छ । जसले मर्ने बेलामा आखी भौका माझमा प्राणलाई एकाग्र पारेर योगशक्तीले मनलाई स्थिर बनाई आफ्नो भक्तियुक्त मनलाई भगवानको शरणमा ल्याउँछ उसले निस्चित नै भगवानलाई प्राप्त गर्दछ ।
भगवानलाई प्राप्त गरिसकेका योगीहरूले पुन यो नासवान दुखैदुखले भरीपुर्ण यस जगतमा फेरि आउनु पर्दैन उनिहरुले परमसिद्धी पाइसकेका हुन्छन् । ब्रम्ह लोक देखि लिएर पृथ्वीलोक सम्मका सबै लोकमा पुनर जन्म हुन्छ तर भगवान् प्राप्ति पछि पुनर जन्म हुदैन । आगोमा उज्यालो प्रकाशमा शुभ दिनमा शुक्लपक्ष र उत्तरायणमा शरीर त्याग्ने ब्रह्मज्ञानीले ब्रह्मपद प्राप्त गर्छन् । धुवामा रातका बखत कृष्ण पक्षमा र सूर्य दक्षिणायान रहेका बेलामा शरीर त्याग्ने योगीले चन्द्रलोकमा पुगेर फेरि यहि फर्कन्छन ।
नवौ अध्याय –गोपनिय ज्ञान
यो समस्त विश्व भगवानको अब्यक्त स्वरुपले छोपिएको छ, समस्त प्राणी भगवानमै छन् तर भगवान् तिनिहरू भित्र छैनन् । यो समस्त संसार भगवानको अधिनमा छ। यो जगत भगवानको चाहनाका कारण पटक पटक स्वतः उत्पन्न हुन्छ र पुन भगवानकै इच्छाले यो नासिन्छ पनि । भगवान नै बैदिक कर्मकाण्ड, यज्ञ स्वधा, औषधी यज्ञमा पढिने मन्त्र होमिने घिउ यज्ञको आगो आहुती पनि भगवाननै हुन्हुन्छ ।
देवताका उपासक देवलोक जान्छन् पित्रीहरूक उपासक पित्रीकै लोकमा पुग्छन, प्रकृतिका उपासक प्राक्रितिक हुन्छन् भगवान् बासुदेवका उपासक भगवानकै लोकमा आउछन् । पवित्र मनवालले पात फुल वा पानी जे जस्तो अर्पण गरेपनी त्यसलाई भगवानले खुशि साथ स्वीकार्नु हुन्छ । मनलाई सधैं सधैं भगवानको चिन्तनमा लगाउ, भगवानको भक्त बन, आरधाना गर नमस्कार गर, यसरी पूर्ण रुपमा समर्पित भएपछि अबस्य हामिले भगवान प्राप्त गर्नेछौ ।
दसौ अध्याय –बिभुतीहरूको बर्णन
संसारका जिबहरुमा बिबेक ज्ञान र शँकाबाट मुक्ति क्षमा सत्य दम शम सूख दुःख जन्म मरण निर्भयता अहिन्सा समानता सन्तोष दान यश र अपयश जस्ता फरक फरक भावना भगवानबाटै आउछन् । महान सप्तऋषिहरू र त्यस भन्दा पहिलेका चार मनुहरू भगवानको मनबाट उत्पन्न भएका हुन जसबाट यस पृथ्वीका समस्त प्राणीहरू र मानिसहरू उत्पन्न भए ।
भगवानबाट समस्त संसारको उत्पत्ती उत्पत्ती र भगवानबाटै यसको बिस्तार हुन्छ भन्ने बुझेर बुद्धिमानहरूले अत्यन्त भावनापुर्बक भगवानको भजन गर्छन् । निरन्तर भगवानको प्रेमपुर्बक भजन गरिरहे यस्ता भक्तजनहरूलाई भगवानले बुद्धियोग दिनुहुन्छ र त्यसैले सहयोगले उसले भगवानलाई प्राप्त गर्दछ । भगवाननै समस्त जिबात्माका अन्तरात्मामा बस्ने अत्मा हुनुहुन्छ भने भगवाननै समस्त विश्वको आरम्भ मध्य र अन्त्य हुनुहुन्छ । समस्त प्राणीको बिज कारण भगवान हुनुहुन्छ र कुनै पनि प्राणी भगवान बाहेक रहन सक्दैन ।
एघारौ अध्याय –बिश्वरुप दर्शन
भगवानको दर्शन साधारण आँखाबाट हुदैन, त्यसको लागि दिब्य आँखाको जरुरत पर्दछ । भगवाननै जान्नुपर्ने परम तत्व, धर्मको रक्षक अब्यय, सनातन र समस्त विश्वको आधारभुत परमतत्व हुनुहुन्छ जसको कुनै आरम्भ, मध्य र अन्त्य छैन । परम शक्तिशाली असँख्य हात–पाउ, उदर, चन्द्रमा र सूर्य आँखा भएका भगवान हुनुहुन्छ ।
बाह्रौ अध्याय –भक्ति योग
जसले आफ्ना समस्त इन्द्रियका गतिबिधिलाई सम्यमित पारेर कल्याणकारी भाव र समस्त संसार प्रति समान द्रिष्टिकोण अपनाएर अक्षर कसैले देखाउन नसक्ने अब्यक्त सर्बत्र ब्याप्त अचिन्त्य अचल नित्य परमेश्वरको उपासना गर्छन् भने तीनले अन्तमा भगवानलाई प्राप्त गर्दछन । ईश्वरको निराकार स्वरुपको उपासना साकार स्वरुपको उपासना भन्दा ज्यादै कठिन छ । मरणशिल प्राणीका लागि निराकारको उपसना गर्नु साच्चिकै गाह्रो छ ।
भगवानको भक्ति गर्ने र हरहमेशा आराधना गर्ने भक्तलाई भगवान् स्वयम यस मृत्यु रूप संसार सागर बाट मुक्ति दिनुहुन्छ । यदि मनिसको मन अबिचल रुपले लाग्न सक्दैन भने योगको अभ्यास गर्नु पर्छ र भगवान प्राप्त गर्ने इच्छा शक्तिको बिकास गर्नु पर्छ । यदि योगाभ्यास गर्न नसकेमा हरेक काम भगवानलाई सम्झेर ग¥यो भने पुर्णता प्राप्त गरिन्छ । यदि भगवानलाई सम्झेर कर्म गर्न नसकेमा समस्त कर्मफल को इच्छा त्यागेर स्वयमलाई जान्ने प्रयत्न गर्नु पर्छ । कर्मको अभ्यास गर्नु भन्दा ज्ञान श्रेष्ठ हुन्छ ज्ञान भन्दा ध्यान ध्यान भन्दा कर्मफल त्याग महान हुन्छ किनभने यसबाट मानिसको आत्मिक शान्ति प्राप्त हुन्छ ।
कहिल्यै हर्षित नहुने, कसै सँग द्वेश नगर्ने चिन्ता नगर्ने आस नगर्ने र शुभ अशुभ जस्ता भावना बाट माथि उठेको भक्त भगवलाई मन पर्छ । शत्रु मित्र प्रति समान व्यबहार राख्ने मान अपमानलाई एकैनाश ठान्ने चिसो तातो सूख दुःख लाई समान रुपमा ग्रहण गर्ने सँग त्यागेको निन्दा वा स्तुतिप्रती उदासिन मौन ब्रतमा बस्ने आफैमा सन्तुष्ठ घरबार नभएको र स्थिरता पुर्बक भगवानमा आफ्नो बुद्धी लगाएको भक्त भगवानको लागि ज्यादै प्रिय हुन्छन् ।
तेह्रौ अध्याय –प्रकृति, पुरुष र आत्मा
यो शरीर क्षेत्र हो र जसले क्षेत्रका बारेमा जान्दछ उ क्षेत्रज्ञ कहलाउछ । पन्च महाभुत, अहंकार, बुद्धी, अब्यक्त रहेको प्रकृति दसैओटा इन्द्रियहरू, पाँच कर्मेन्द्रियका बिषयहरू, इच्छा, द्वेष, सुख– दुःख, शरीर, चेतना, र सहनशिलता यी सबै तथ्यहरू संक्षेपमा क्षेत्र र यसका बिकारहरू हुन ।
मान सम्मान नचाहने, अहंकार नभएको, अहिन्सक, सहनशिलता, सहजता, गुरुको शरण, पबित्रता, स्थिरता, आत्मसन्यम, ऐन्द्रिक बिषयहरूको त्याग, मनबाटै अहंकारको त्याग, जन्म मृत्यु , ब्रिद्धाबस्था र रोगका कारण उत्पन्न हुने दुःखहरूको जानकारि, सन्तान, स्वास्नी, घर, इत्यादी संसारको जन्जाल बाट उन्मुक्ती, असल कमसल घटना प्रति अरुची, भगवानमा अचल भक्तिभाव, एकान्तमा बसेर भक्ति गर्ने चाहना, भिडबाट टाढा रहने इच्छा, हरहमेशा आध्यात्मिकता प्रति अभिरुची, परमतत्व दार्सनिक ज्ञान प्रति जिज्ञासा जस्ता बिषयहरू भगवानका लागि ज्ञानका बिषय हुन भने त्यस बाहेकका बिषय बस्तुहरू अज्ञानका प्रकृति र पुरुष दुबैलाई अनादी हुन भनेर् बुझ र यिनमा रहेका गुण र बिकारहरू मुलत प्राक्रितिक नै भएको जान ।
स्रिष्टीको प्रमुख कर्ता र कारण प्रकृति हो भने पुरुष सान्सारिक सूख दुःखको उपभोक्ताका रुपमा रहेको बुझिन्छ । पुरुषले प्राक्रितिक जगत भित्र रहेर प्राक्रितिक गुणहरूको उपभोग गरिरहेका हुन्छ र त्यसै कारणले बिभिन्न योनीमा गएर राम्रा नराम्रा गुणदोषको भागिदार बन्छ । यो शरीर भन्दा बाहिर पनि एउटा भोक्ता छ जुन साक्षी, अनुमन्ता, भोक्ता, पालनकर्ता, महेश्वर र परमात्माको रुपले चिनिन्छ । जसले प्रकृति, त्यसका गुणहरू र पुरुष बिचको सम्बन्धलाई राम्ररी बुझ्दछ उसले पुनर्जिबन लिनु पर्दैन र मोक्ष प्राप्त गर्छ ।
केहीले ध्यानका माध्याम बाट अन्तरात्मामा परमात्माको दर्शन गर्छन केहीले ज्ञान का माध्यामबाट केहीले सांख्य योग र केहीले कर्मयोगको माध्याम बाट ब्रहम साक्षात्कार गर्दछन । ब्रहमातत्व आरम्भरहित र प्राक्रितिक प्रभाबपरे अच्युत–आत्मा हो। उ शरीर भएर पनि शरीर रहित छ न त्यो कुनै शरीरको श्रीजना हो र न ता उ कुनै बस्तुमा लिप्त छ ।
आकाश सर्बब्यापी भएर पनि सुक्ष्मताका कारण कही बाधिदैन त्यसरिनै अत्मा सबै ठाउमा ब्याप्त भए तापनि शरीर सँग उ लिप्त हुदैन । जसरि एउटा सूर्यले नै समस्त विश्वलाई प्रकासित गर्छ त्यसरिनै शरीरमा रहेको स्वामी अत्माले समग्र शरीरलाई प्रकाशित गर्छ । ज्ञानका आँखा बाट शरीर र शरीरका बीचमा रहेको सम्बन्धलाई बुझ्ने र प्राक्रितिक बन्धन बाट स्वतन्त्रता प्राप्त गर्न जान्ने बिध्वानले मोक्ष प्राप्त गर्दछन ।
चौधौ अध्याय –प्रकृतिका तिनवटा गुण
समग्र प्रकृति सत्व, राज र तम नामक ३ गुण बाट बनेको छ । सत्वगुण अरुगुणहरू भन्दा पवित्र, प्रकाशवान र मानिसलाई पापहरूबाट मुक्त गराउन मद्घत गर्छ । यस गुणको प्रधानता भएको मानिस सूख र ज्ञान का कारण संसारमा बाधिन्छ । रजोगुण राग प्रधान हुन्छ र त्यसबाट त्रिष्णा मोह इत्यादीको जन्म हुन्छ । यिनै कर्म र तिनका प्रभाबका कारण जिब बन्धनमा पर्छ। अज्ञानताका कारण उत्पन्न तमोगुण नै जीवनको मोह हो । यसले जिबलाई बिमुढ, आलसी र निन्द्रित बनाएर बन्धनमा पार्छ ।
सत्वले सूख, राजाले कर्म र तमोगुणले जिबलाई भ्रमित बनाएर बन्धनमा पार्छन । जब शरीरका सबै ढोकाहरू ज्ञानरुपी किरणले प्रकासित हुन्छन त्यसबेला सत्वगुण प्रभाबकारी भएको बुझ्नु पर्दछ । जिबनमा रजोगुणको प्रधानता हुँदा लोभ बढ्छ, कर्म गर्ने अभिरुची हुन्छ, इच्छाहरू बढ्छन र आसक्ती बढ्छ। तमोगुणको प्रधानता हुँदा जिबमा प्रकाशको अभाब, जडता, उन्मत्तता र मोह जस्ता तत्वहरू देखापर्छन ।
सत्व गुणको प्रधानता भएको बेलामा कुनै जिबको मृत्यु हुन्छ भने त्यस जिबले सर्बोत्तम पापरहित र महान लोक प्राप्त गर्दछ। रजोगुणको प्रधनता भएको बेलामा कुनै जिबले शरीर छाड्छ भने उसले कर्मिहरुका बीचमा जन्मिन्छ र तमोगुण मर्नेहरू मुढ योनीमा (पशु वा रुख इत्यादी) जान्छन् । सुक्रित कर्मको फल शुभ हुन्छ र त्यो सात्विक हुन्छ, रजाले दुःख जन्माउछ भने तमोगुणले अज्ञानतालाई जन्म दिन्छ ।
सतो गुणीहरू माथिल्लो लोकमा जान्छन्, रजोगुणीहरू मध्यलोकमा घुम्छन र तमस स्वभाब भएका जिबले अधोलोक तीर जन्म ग्रहण गर्छन् । जुन मनुष्यले ३ वटा गुणहरू उपर बिजय प्राप्त गर्छ उ जन्म, मृत्यु, ब्रिद्धाबस्था र अन्य सन्सारिक दुःख हरूबाट मुक्त भई अमरत्व प्राप्त गर्न सफल हुन्छ ।
३ गुणको प्रभाब बाट मुक्त मानिसहरूको लक्षणहरूः जसले प्रकाश, आसक्ती र मोह जस्ता बिषयहरू आइलाग्दा ती प्रति घ्रिणा शत्रुता गर्दैन त तिनमा आसक्ती पनि राख्दैन । प्रकृतिका सबै क्रिया–प्रतिक्रियाहरुमा अबिचलित रहन्छ, उदासिन रहन्छ र परिवर्तनलाई गुणहरूको बिकार ठानेर ती प्रति आशक्त हुदैन । दुःख सूखमा एकसमान रहन्छ, सुन र माटो लाई एकैनास मान्छ, जसका लागि प्रिय र अप्रिय समान छन्, निन्दा स्तुतीले बिचलन उत्पन्न गर्दैन ।
जसकालागी मान अपमान, समान असमान, शत्रु मित्र सबै समान छन् र कुनै पनि कर्म आरम्भ गर्ने चाहना नभएको मानिस गुणातित हुन्छ । जसले हरेक परिस्थितिमा अबिचलित भावले भगवानको भक्ति गरिरहन्छ त्यस्तो मानिसले यी गुणहरूको जन्जाल पार गरेर सजिलै ब्रहम पद प्राप्त गर्छ । अमृत, अबिनाशी अब्यय एबम एकान्त सुखको श्रोत ब्रह्म्तत्वको आधार पनि भगवान हुनुहुन्छ अर्थात निराकार ब्रहम भगवानमा आश्रित छ ।
पन्ध्रौ अध्याय –पुरुषोतमयोग
मानिसले त्यस महान तत्वको खोजी गर्नु पर्छ जसलाई प्राप्त गरेपछी फेरि यस संसारमा फर्किनु पर्दैन । त्यस्तो ठाउमा पुगेर मानिसले भन्न सक्छ ‘म त्यस्तो परमपदको शरण पर्छु जहाँबाट समस्त स्रिष्टीको सुरुको धारा आरम्भ हो ।’ जो अभिमान, मोह र नराम्रो संगत बाट मुक्त छन् जो कामबासना मानसिक द्वन्द सूख दुःख नामक संबेदना बाट मुक्त भई आध्यात्ममा भिजेका छन् ती ज्ञानीहरूले त्यो अब्यय ठाउ प्राप्त गर्छन् ।
बायुले बिभिन्न प्रकारका गन्धलाई एक ठाउँबाट अर्को ठाउमा पुर्याएझै शरीरको स्वामी जिबले अनेक थरिका जीवनहरू छोड्छ र धारण गर्छ । यस जिबले मनको वरिपरी रहेर कान, आँखा, छाला, जिब्रो र नाकका माध्याम बाट सन्सारिक बिषयहरूको उपभोग गर्दछ । मायामा परेका जिबहरूले कसरी शरीर त्यागिन्छ र कस्तो शरीरमा रहेर जिबले प्राकृतिक गुणहरूको उपभोग गरिरहेको हुन्छ भन्ने रहस्य बुझ्दैनन तर ज्ञानीले यो सबै कुरा आफ्नो ज्ञान दृष्टिबाट बुझिरहेको हुन्छ ।
भगवान समस्त जिबका हृदयमा बिद्ध्यमान हुनुहुन्छ । भगवानबाटै स्मृति ज्ञान र बिस्म्रिती आउछन् । बेदहरुका माध्याम बाट भगवानलाईनै चिनिन्छ भने बेदान्तको रचयिता र बेदहरू बिज्ञ पनि भगवान नै हुनुहुन्छ । यस संसारमा नाशवान र शाश्वात गरि दुई प्रकारका जिब छन् । भौतिक जगतका जिबहरू नाशवान हुन्छन् भने आध्यात्मिक जगतका जिबहरू अविनाशी हुन्छन् ।
यी दुबै बाहेक एउटा उत्तम अविनाशी परमात्मा हुनुहुन्छ जसले तिनै लोक भित्र रहेर ईश्वरका रुपमा समस्त जिबहरूको लालन पालन गरिरहनुहुन्छ । भगवानको स्वरुप सर्बश्रेस्ठ छ, शास्वत र अशास्वत भन्दा पर हुनुहुन्छ । यस संसारमा भगवान परपुरुष कहलाउनु हुन्छ भने बेदहरूले पनि भगवानलाई उत्तम पुरुषका रुपमा चिन्छन ।
सोह्रौ अध्याय –दैबी र आसुरी स्वभाब
आत्मिक पबित्रता, ज्ञान, दान, आत्म संयम , यज्ञ, स्वाध्याय, तप, सहजता , अहिंसा, सत्यशिलता, अक्रोध, त्याग, शान्तिशिलता, अर्काको कुरा काट्न नरुचाउने, प्राणीमाथी दया, लोभ नगर्नु, शालिनता, लजालु पन, द्रिढ संकल्प, तेज, क्षमाशिलता, ध्रिती, पबित्रता, अर्कको कुभलो नचिताउनु, धेरै मान–सम्मानको चाहना नगर्नु इत्यादी दैबिगुणहरू केवल देबताको स्वभाब भएका मानिसमा हुन्छन् ।
अहंकार, घमन्ड, रिस, रुखो बोलि र अज्ञान यी सबै गुणहरू आसुरी स्वभाब भएका मानिसमा स्वतः पाइन्छन। दैबी गुणहरू मोक्षका लागि हुन्छन् भने आसुरी गुणहरू बन्धनका लागि। आसुरी स्वभाब भएका मानिसले कर्तब्य के हो र अकर्तब्य के हो भन्ने कुरा जानेका हुदैनन् । उनिहरुमा पबित्रता, सदाचार र सत्यशिलताको अभाब हुन्छ। उनिहरुले भगवानको अस्तित्व मान्दैनन र समस्त बिश्वलाइ कामबासनाको उपज भएको ठान्दछन । कहिल्यै नपुग्ने कामबासनाका खातिर अभिमान, बडप्पन र झुटो प्रतिष्ठा लिएर क्रियाशिल हुन्छन र नराम्रो काम गर्न प्रेरित हुन्छन् ।
लाखौ प्रकारका आशारुपी फन्दामा बाधिएर र कामबासनाका लागि मरिहत्ते गर्दै र रिस गर्दै त्यसैका लागि अन्याय पुर्बक धन संग्रह गर्छन् । “त्यो मेरो सत्रु हो र त्यसलाई मैले मारे र अरुलाई पनि मार्नेछु । म ईश्वर हुँ, म बलियो छू, म सँग सबै प्रकारका सूख छ र मैले चिताएको सबै पुग्छ । मेरा सबै नातागोता खानदानी छन्, म जस्तो अरु कुनै छैन् । मैले यज्ञ गर्नेछु, दान दिनेछु र रमाइलो गर्नेछु ।“ अज्ञानका कारण मोहित भएर यसो भन्ने गर्छन् ।
यसरी अनेकथरीका चिन्ताले पिरोलिएका, मोहरुपी फन्दामा फसेका र कामबासना प्रति ज्यादै आसक्त हुनेहरू अपबित्र नरकमा पर्छन।आफैलाई मपाइ ठान्ने धन एबं मानका कारण ज्यादै घमण्डीहरूले झुटो सानका लागि बीना बिधि बिधान ठुला ठुला यज्ञ हरूको आयोजना गर्छन् । भगवान सँग डाह गर्ने र क्रुर स्वभाब भएका नराधामलाई भगवानले सधैं सधैं आसुरी योनिहरुमा पठाइदिनु हुन्छ। यौन चाहना, रिस र लोभ यी तीन वटा नरकका ढोका हुन । यिनले मानिसलाई आत्म–पतन तीर लैजाने हुँदा यिनलाई त्याग्नु पर्छ ।
नर्कका यी तीन वटा ढोकाबाट जो जोगिन सक्छ उसैले आफूलाई असल हुने काम गर्न सक्छ, यसैबाट उसले मोक्ष पाउँछ । जसले शास्त्रिय बिधानलाई स्वेच्छाचारी तवरले काम गर्छ उसले न सिद्धी प्राप्त गर्छ न सूख र न मोक्ष नै प्राप्त गर्छ ।
सत्रौ अध्याय –श्रद्धाका प्रकारहरू
देहधारीको प्राक्रितिक स्वभाब अनुसार उसको श्रद्धा पनि सत्व, रजस र तामस गरि तीन थरिका हुन्छन् । सतो गुणीले देबताको पूजा आराधना गर्छन्, रजोगुणिले राक्षस आदिको आराधाना गर्छन् भने तमो गुणीले भुत प्रेतको पूजा आजा गर्दछन । जसले दम्भ र अहम्कारले भरिपुर्ण भएर शास्त्रिय मर्यादा पालन नगरि काम, राग तथा बालले मातेर घोर तपस्या गर्छन्, जसले आफ्नो अन्तर आत्मा भित्र रहेका जिब समूह र परमात्मा लाई दुःख दिन्छ त्यस्ता मुर्खहरूलाई असुर भनेर जान्नु पर्छ। जुन भोजनले आयु, सत्व, बल, निरोगिता, सूख र प्रेम बढाउछ र जुन रसयुक्त, केही चिल्लो, हितकारी, स्वास्थ्यदायी र हृदयलाई आनन्द दिन्छ यस्तो भोजन सात्विक प्रकृतिका मानिसलाई मन पर्छ। तितो आमिलो चर्को तातो तिखो र मुख पोल्ने भोजन राजसी मानिसलाई मनपर्छ र यस्तो भोजनले दुख शोक र रोग उत्पन्न गर्छ। बासी स्वाद बिग्रेको गन्हाएको बिग्रिएको जुठो र छुन पनि घिन लाग्ने भोजन तमोगुणी मानिसलाई मनपर्छ। फलको आशा नराखी केवल शास्त्रिय कर्तब्य पुर्तिका लागि गरिने यज्ञ सात्विक हुन्छ। अहंकार एबम दम्भ पुर्तिका लागि गरिने यज्ञ राजसी हुन्छ। बिधिहिन, बीना अन्न, मन्त्र नपढीकन दक्षिणा बीना र श्रद्धा हिन भएर सम्पन्न गरिने यज्ञ तामसी हुन्छ। श्रद्धा पुर्बक फलको इच्छा नगरि र भगवानको चिन्तन गर्दै गरिने तपस्या सात्विक हुन्छ। आदर सम्मान र पूजा पाउनका लागि अहंकार पुर्बक गरिने तपस्यालाई राजसी तपस्या भनिन्छ। यस्तो तपस्या अस्थाइ र क्षणिक हुन्छ। मुर्खताबश आफैलाई दुख दिएर अरुलाई नोक्सान पुर्याउन वा अर्काको नाश गर्नकालागी जुन तपस्या गरिन्छ त्यसलाई तामसिक तपस्या भनिन्छ। कुनै प्रकारको उपकारको आशा नराखी केवल कर्तब्य सम्झेर ठीक ठाउमा ठीक समयमा र सहि पात्रलाई प्रदान् गरिने दानलाई सात्विक मानिन्छ। सट्टामा केही पाउने आशा राखेर बीना मनले दिएको दान राजसी हुन्छ। अपबित्र स्थानमा, असमयमा अयोग्य मानिसलाई, नजानिकन र बीना आदर प्रदान् गरिएको दान तामसी हुन्छ।
अठारौ अध्याय– संन्यास योग
विद्वानहरूले संसारिक कर्महरूको परित्यागलाई संन्यास भनेका छन् भने समस्त कर्मको फलासा छोड्नु लाई त्याग भनेका छन्। सबै कर्म बाट संन्यास लिएपनी यज्ञ, दान र तपस्या जस्ता कर्म लाई कदापी छोड्नु हुन्न। यज्ञ दान तपस्या जस्ता कर्महरू छोड्नु हुन्न यी गर्नै पर्ने हुन र यिनले मानिसलाई पवित्र तुल्याउछन। सबै कर्महरू फलको आशा नराखी कन शुद्द अन्त करण बाट गरिनु पर्छ। यहिनै भगवानको अन्तिम अभिमत हो। पूर्व नियत गरिएका कर्महरू कहिल्यै पनि छोड्नु हुन्न। यदि कसैले प्रमादबस आफ्नो पूर्व नियत कर्म छोड्छ भने यस्तो त्यागलाई तामसी त्याग भनिन्छ। जसले आफ्ना लागि नियत गरिएको कर्तब्य शारीरिक दुख पाइने डरले परित्यागकरमहरू कर्तब्यको गर्दछ भने यस्तो त्याग लाई राजसी त्याग भनिन्छ। यस्तो त्यागको कुनै प्रयोजन हुदैन। जसले समस्त निर्धारित कर्महरू स्वकर्तब्यको भावनाले फलको आशा नराखिकन सम्पन्न गर्दछ यस्तो कर्म सात्विक हुन्छ। यस्तो मानिस बुद्दिमान सन्देहरहित परम त्यागि शुद्ध र शान्त हुन्छ। उसकालागी सबै कर्महरू न दुःखदायी हुन्छन् न सुखदायि नै। हरेक कर्म सूख दुःख अथवा दुबै प्रकारको मिश्रित फल प्रदान गर्ने हुन्छ र अत्यागीले ती सबै भोग्नु पर्ने हुन्छ तर सन्यासीले यस्तो प्रतिफल भोगिरहनु पर्दैन। सम्पुर्ण कर्मका ५ वटा कारण छन ः कर्मको मुल थलो शरीर कर्ता इन्द्रियहरू फरक् फरक् चाहनाहरू र अन्त्यमा ईश्वर यी ५ वटा कर्मका प्रेरक तत्व हुन। मानिसले आफ्नो मन बाणी र शरीर बाट राम्रो नराम्रो जे जस्तो काम गर्छ ती सबै उपरोक्त ५ श्रोत बाट आएका हुन्छन्। ज्ञान ज्ञानको बिषय र ज्ञाता यी ३ वटा कर्मका प्रेरक तत्व हुन भने कारण कर्म र कर्ता यी ३ वटा तत्व कर्मका घटक हुन। जुन ज्ञान बाट स्वभाबत छरिएर रहेको प्रकृतिमा अबिनाशी र एकात्मक अनुभुत हुन्छ त्यस्तो ज्ञानलाई सात्विक ज्ञान भनिन्छ। जसले प्रकृतिका हरेक बस्तुलाई फरक् फरक् स्वरुपमा बुझ्दछ त्यस्तो बुझाई अर्थात् ज्ञान लाई राजसी भनेर बुझिन्छ। यदि कसैले एउटै सामान्य बस्तुलाई अकारणनै एकमात्र कार्य हो भन्ने ठान्छ र त्यसैमा रमाउछ भने त्यस्तो यथार्थ र अल्प ज्ञानलाई तामसी भएको जान्नुपर्छ। फलको कुनै आशा नगरिकन राग द्वेश तथा सँगरहित भएर हरहमेशा कर्तब्यनिष्ठ भएर गरिने कर्मलाई सात्विक भनिन्छ। जुना कर्म अहम्कार र स्वेकिय इच्छा पुर्तिको भावनाले परिश्रम पुर्बक सम्पन्न गरिन्छ ती कर्महरू राजसी हुन्छन्। भाबी बन्धनको परबाह नगरि कसैलाई नाश पार्न अनावश्यक बल प्रयोग गरि हिन्सात्मक र मोहग्रस्त अबस्थामा गरिएका समस्त कर्महरू तामसिक हुन्छन्। जुन ब्यक्तिले अनासक्त तथा अहंकार रहित भइ धैर्यशिलता र उत्साहपुर्ण तवरले कार्य सिद्धी अथवा असिद्धीको पर्बाह नगरि कर्म गर्दछ त्यस्तो कर्ता सतोगुणी हुन्छ। कर्म र त्यसको फलप्रती असक्त हुँदै कर्मको परिणाम उपभोग गर्न चाहने लोभि इर्ष्यालु अपबित्र सुखदुखमा बिचलित भैरहने कर्ता राजसी हुन्छ। कसै सँग नमिल्ने भौतिकबादी जिद्दी कपटी अर्काको अपकर गर्ने अल्छी चिन्तित र सुताहा कर्तालाई तामसी भनिन्छ। जुन बुद्धी द्वारा मानिसले स्वीकार गर्नु पर्ने र त्याग्नु पर्ने, गर्न हुने र नहुने , डर स्रिजित गर्ने र अभय दिने तथा बन्धन मुक्तिका बिषय मा राम्रो तवरले बुझ्दछ यस्तो बुद्धी सात्विक हुन्छ। धर्म अधर्म, कार्य– अकार्यका बीचको फरक ठीक ठीक तवरबाट छुट्याउन नसक्ने बुद्धी राजसी हुन्छ। अज्ञान रुप अन्धकारमा परेर धर्मलाई अधर्म ठान्ने र अधर्म लाई धर्म ठान्ने सधैं बिपरित कर्म गर्न प्रेरित गर्ने र भ्रमित रहने बुद्धी तामसी हुन्छ। जब योगको माध्यामबाट मनस र इन्द्रियहरू पुर्णतया नियन्त्रित हुन्छन् त्यस्तो सन्कल्पलाई सात्विक भनिन्छ र यो अचल एबम अखन्ड हुन्छ। जुन ध्रितीले गर्दा मानिस धर्म अर्थ र शारीरिक बासनामा आशक्त हुन्छ त्यस्तो धारणा राजसिक हुन्छ। जुन सन्कल्प सपना डर शोक बिषाद र मोह बाट माथी जान सक्दैन यस्तो अबौद्दिक घ्रिती लाई तामसी भनिन्छ। जो आरम्भमा बिष झै अनुभुत भए तापनि अन्तमा अमृत सरह हुन्छ भने अन्तरात्म एबम बुद्धीलाई आनन्द प्रदान् गर्छ त्यस्तो सूख सात्विक हुन्छ। बिषय र इन्द्रियहरूको सम्बन्ध बाट उत्पन्न हुने सूख जुन आरम्भमा अमृतझै हुन्छ र अन्तमा बिषझै दुखदायी हुन्छ यस्तो सूख राजसिक हुन्छ। जुन सूख आरम्भदेखी अन्त्यसममा आत्मालाई मोहित गरिरह्न्छ र निद्रा आलस्य र मोहबाट जसको उत्पत्ती हुन्छ त्यस्तो सूख तामसी हुन्छ। ब्रह्मण क्षत्रिय बैश्य र शुद्रहरू आफ्नै सहजात प्राक्रितिक गुण अनुसार फरक् फरक् छन्। ब्रह्माणमा शम दम तप पबित्रता सहनशिलता इमान्दारिता ज्ञान बिज्ञान र आध्यात्मिकता यी सहजात प्राक्रितिक गुण हुन्छन। बिरता शक्ति सन्कल्प उद्यमशिलता युद्धमा उत्साह उदारता र नेत्रित्व यी क्षत्रीका प्राक्रितिक गुण हुन। कृषि गौपालन र बाणिज्य बिषय हरूको प्राक्रितिक गुण हो भने अर्काको सेवा गर्नु शुद्र स्वभाबहरूको स्वाभाबिक कर्म हो। अनासक्त बुद्धी भएको पुर्ण रुपले मनलाई नियन्त्रण गरेको र चाहना रहित ब्यक्तिले त्यागको अभ्यासका माध्याम बाट परम पद प्राप्त गर्छ। जब मानिसको बौद्धिक द्रिश्तिकोण सफा हुन्छ शब्दादी इन्द्रिय अनुभुती समाप्त हुन्छन् र अत्मा राग द्वेश बाट माथी उठ्छ। अनी पुर्णतया एकान्त ठाउँमा निवास गर्दछ थोरै भोजन गर्छ शरीर मन र बोलिमा नियन्त्रण गर्दछ र हरहमेशा स्वातमा केन्द्रित रहन्छ। अहम्कार बल घमन्ड काम बासना , रिस , संग्रहरहित, अभिमान त्यागेको त्यस्तो ब्यक्तिलाई ब्रहमपद प्राप्त गरेको मान्न सकिन्छ। ब्रहम साक्षात्कार गरेको र हरहमेशा आनन्दमा रहने, शोक र इच्छा रहित अनी समस्त प्राणिमा समान द्रिस्तिकोण भएको मानिसले भगवानको अपरा भक्ति प्राप्त गर्छ। भक्तिका माध्याम बाट मात्रै मानिसले भगवानको असली स्वरुप चिन्न सक्छ र यसरी भगवानलाई तात्विक रुपमा बुझेपछी उ भगवानमा प्रबेश गर्दछ। यदि तिमी आत्म केन्द्रित छौ र अत्माको आवाज सुनेनौ भने तिम्रो बिनास हुनेछ। ईश्वर समस्त प्राणी हरूको हृदयमा बिराजमान छ र तीनलाई आफ्नो मायाले कठपुतलीझै नचाइरहेको छ।
कृष्ण रिमाल

प्रतिकृया दिनुहोस्