News Portal

अस्पताल छन्, उपचार छैन तर चासो भ्यू टावरमा

१३० पटक

केही वर्ष देखि नेपालका शहर बजारमा डाक्टर र नर्सहरू फालाफाल छन् तर एक डेढ वर्ष अघि देखि कोरोनाले हवाकावा गराउँदा पनि नेपालमा सजिलै उपचार गराउने अस्पतालहरू छैनन् तर ‘भ्यू टावर’ भने प्रत्येक पालिकामा नयाँ नयाँ छन् ।
१. सरकारी अस्पताल छ, सिंगो बिल्डिंग खाली छ तर बेड छैनन् । जस्तैः वीर अस्पतालको पुरानो होस्टेल मासेर चिनियाँले अजंगको बिल्डिंग बनाइदिएका थिए दुई वर्ष अगाडि नै, तर अहिले सम्म खाली छ ।
२. बेडहरू छन् तर उपचारको साधन छैनन । जस्तैः एउटा पनि भेन्टिलेटर किनेको छैन यो सरकारले । गाडी किन्न दश अर्ब बजेट निकासा गरेको थियो खतिवडाले दुई वर्षमा ।
४. साधन छन् तर उपयोग गर्ने गराउने प्राविधिक छैनन् । जस्तैः महावीर पुनको संस्थाले ठाउँ ठाउँमा मर्मत, सम्भार तथा सञ्चालन सिकाउँदै हिँडिरहेका छन् निःशुल्क ।
५. प्राविधिक छन् तर साधन उपयोग गर्दैनन् । जस्तैः अक्सीजन प्लान्ट चौरमा छ । कमिशनको लागि सिलिन्डर किन्ने गरेको थियो वीर अस्पतालले ।
६. तर प्रत्येक अस्पतालमा ठूला पार्टीहरुका भातृ संगठनका युनियनहरु अवश्य छन् । तिनले नै सरकारी अस्पताललाई तबाह बनाएका छन् ।
७. अस्पतालबाट युनियनहरु सधैंको लागि खारेज गर । प्रत्येक पालिकास्तरीय अस्पतालहरूको निर्माण गर । अस्तु ।
-ए पोख्रेल

प्रतिकृया दिनुहोस्