News Portal

सरकारको लापरवाहीका कारण नागरिकले मृत्युवरण गरेको बारको आरोप

रेम्डेसिभिर इन्जेक्सन, खाद्यान्न लगायतका सामग्रीको कालोबजार गर्नेमाथि कडा कारवाही गर्न पनि माग

ईसगरमाथा संवाददाताकाठमाडौँ, २ जेठ
२४ पटक
काठमाडौँ, २ जेठ

सर्वोच्च अदालत बार एसोसिएसनले सरकारले सरकारले उच्च सतर्कता नअपनाएका कारण कोरोना संक्रमितहरुले ज्यान गुमाउनुपरेको निष्कर्ष निकालेको छ । सर्वोच्च अदालत बार एसोसिएसनले आइतबार प्रकासित विज्ञप्तिमा सरकारले गरेको हेलचेक्र्याइँ र लापरबाहीका कारण संक्रमितहरुको मृत्यु भएको उल्लेख गरेको छ ।

बिज्ञप्तीमा ‘महामारीको समयमा संविधान, कानुन र सर्वोच्च अदालतले प्रतिपादन गरेका गरेको सिद्धान्तको परिपालना नगरी सरकारले समयमा उच्च सतर्कता नअपनाएर लापरवाहीपूर्ण क्रियाकलाप गरेका कारण नागरिकले मृत्युवरण गरेकाले’ उल्लेख छ ।

महामारीको संक्रमणबाट हालसम्म ज्यान गुमाउन पुगेका ४ हजार ८ सय ५६ व्यक्तिमध्ये अधिकांश सरकारकै अकर्मण्यताका कारण मृत्युवरण गर्न बाध्य भएको उल्लेख गर्दै बिज्ञप्तीमा अगाडि भनिएको छ ‘यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनैपर्छ ।’

बिज्ञप्तीमा राज्यको सबै शक्ति कोरोना नियन्त्रण र रोकथामका लागि केन्द्रित गर्न अनि सहरी क्षेत्रमा र कतिपय ग्रामीण भेगमा अस्पताल निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । वारले तत्काल स्वास्थ्य संकटकाल घोषणा गरेर कोरोना महामारी नियन्त्रणका लागि विशेष कानुन जारी गर्न माग समेत गरेको छ ।

एसोसिएसनले खोप अभियान प्रभावकारी बनाउन भन्दै सर्वोच्च बारले पहिलो चरणमा कोभिसिल्डको खोप लगाएर दोस्रो चरणमा लगाउन नपाएकाहरुका लागि खोप लगाउन बिज्ञप्तीमा माग गरेको छ ।

एसोसिएसनले हरेक अस्पतालमा अक्सिजनको व्यवस्था गर्नुको साथ रेम्डेसिभिर इन्जेक्सन, खाद्यान्न लगायत का सामग्रीको कालोबजार गर्नेमाथि कडा कारवाही गर्न पनि माग गरेको छ ।

प्रतिकृया दिनुहोस्