News Portal

नेपालमा फैलिएको कोरोना भाइरस ‘भारतीय डबल म्यूटेन्ट’ पुष्टि

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ४ जेठ
२३ पटक
काठमाण्डौ, ४ जेठ

नेपालमा फैलिएको कोरोना भाइरस ‘भारतीय डबल म्यूटेन्ट’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा देखिएको नयाँ भेरियन्टको केरोना भाईरस सबै उमेर समूहका लागि धेरै संक्रामक र जोखिमपूर्ण रहेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशका विभिन्न भागबाट गतहप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा गरिएको परीक्षणबाट थप नयाँ भेरियन्ट फेला परेको अपिल प्रशाशित गरेका छन् ।

उक्त अपिलमा विश्व स्वास्थ्य संगठनमा पठाइएको नमूनाको प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा (३४ वटा) मा बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको छ। ‘यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिन्यट रहेको उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिन्यटलाई विश्वव्यापी भेरिन्यट अफ कन्सर्न भनी घोषणा समेत गरी सकेको छ । हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस्