News Portal

कोरोना संक्रणवाट ३८ बर्षिय अर्थोपेडिक विशेषज्ञ डा. चौधरीको निधन

ईसगरमाथा संवाददाताविराटनगर, ४ जेठ
३४ पटक
विराटनगर, ४ जेठ

होम आइसोलेसनमा बसेका सिराहाको लहान घर भएका ३८ बर्षिय अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको सोमबार साँझ निधन भएको छ । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनले कोरोना परीक्षण नगराई वैशाख २५ गतेदेखि उनी होम आइसोलेसनमा बसेर औषधि सेवन गरेको बताइएको छ ।

डा. चौधरीलाई सोमबार साँझ एक्कासी सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पु¥याइएको थियो । उनको त्यहीँ मृत्यु भयो । चीनमा एमबीबीएस पढेका डा. चौधरी लहान नगरपालिका–१५ ढोढनाका स्थायी बासिन्दा हुन् ।

डा. चौधरीको मृत्युपछि एन्टिजेन परीक्षण गरिएको थियो तर रिपोर्ट भने नेगेटिभ आएको छ । ३५ वर्षीय चिकित्सक चौधरीले गण्डकी मेडिकल कलेज, कन्काई हस्पिटल प्रालि, नोबेल मेडिकल कलेज, विराट नर्सिङ होममा काम गरिसकेका थिए । पछिल्लो समय उनले लहान पोलिक्लिनिक तथा डाइग्नोष्टिक सेन्टर सञ्चालन गरेका थिए ।

हाडजोर्नी विशेषज्ञ भएपनि उनी कोरोना महामारीको समयमा कोभिड–१९ का बिरामीको उपचारमा संलग्न थिए । पछिल्लो समय उनले सरकारी र निजी अस्पतालमा खटिएर कोभिडका बिरामीहरुको उपचार गर्दै आइरहेका थिए ।

प्रतिकृया दिनुहोस्