News Portal

लमजुङ केन्द्र भएर फेरि गयो ५.८ म्याग्निच्युडको भूकम्प

ईसगरमाथा संवाददातालमजुङ, ५ जेठ
२९ पटक
लमजुङ, ५ जेठ

लमजुङको भुलभुले लाई केन्द्रबिन्दु बनाएर बुधवार बिहान लगातार दुईपटक भूकम्प गएको छ । भूकम्पले लमजुङमा केही घरमा क्षति पुगेको छ भने केही मानिस घाइते छन् । घाईतेको उपचार स्थानीय अस्पतालमा भैरहेको छ ।

बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको फेरि ८ बजेर २६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्की, तनहुँ, गोरखा,पर्वत चितवन, धादिङ, काठमाडौं लगायत क्षेत्रमा पनि महसुश गरिएको छ ।
फोटोः जिबी धिमिरे प्रदीपकोे फेसबुकवाट

प्रतिकृया दिनुहोस्